सिटिजन्स बैंकलाई जर्मन स्थित केएफडब्लू डेभलपमेण्ट बैंकबाट ३५ लाख यूरो पुनर्कर्जा प्राप्त – Nepal Press

सिटिजन्स बैंकलाई जर्मन स्थित केएफडब्लू डेभलपमेण्ट बैंकबाट ३५ लाख यूरो पुनर्कर्जा प्राप्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनललाई जर्मन स्थित, के.एफ.डब्लू डेभलपमेण्ट बैंकबाट यूरो ३५ लाख पुनरकर्जा र यूरो ५ लाखको प्राविधिक सहयोग प्रदान गरिने भएको छ ।

बैंकलाई के.एफ.डब्लू डेभलपमेण्ट बैंक र नेपाल राष्ट्र बैंक बीच ‘एसईडीआरए’ अन्तर्गत यूरो ३५ लाख पुनर्कर्जा र यूरो ५ लाखको प्राविधिक सहयोगको लागी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

सिटिजन बैंकलाई के.एफ.डब्लू डेभलपमेण्ट बैंकले ‘सीईडीआरए’ प्रोजेक्टमा समझदारीको लागि नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्था मध्येबाट चयन गरेको हो ।

नेपालसँग जर्मन वित्तीय सहयोग परियोजना अन्तर्गत केएफडब्लू डेभलपमेण्ट बैंक जर्मनीले राष्ट्र बैंकसँगको समझदारीमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि पुनर्कर्जा प्रदान गर्दै आइरहेको छ।

बैंकले हालसम्म २१ हजार ५२६ व्यवसायलाई २५ अर्ब रुपैयाँ बराबरको कर्जा जस मध्ये २ हजार ८८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत ब्याजदरमा २ अर्ब रुपैयाँ बराबरको कर्जा प्रदान गरेको छ ।

कर्जाको मदतले नेपालमा महिलालाई उद्यमशील बनाई महिला सशक्तीकरणमा टेवा पूर्‍याएको बैंकको विश्वास रहेको छ ।

यसका साथै सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजना अन्तर्गत नेपालका ग्रामीण भेगका मध्यम तथा विपन्न वर्ग परिवारका महिलालाई लक्षित गरी सामूहिक जमानीको आधारमा हाल सम्म ५ हजार ४९२ मध्यम तथा विपन्न वर्ग परिवारलाई व्यवसाय गर्न ७६ करोड रुपैयाँ कर्जा प्रवाह गर सकेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर