कोशी प्रदेशसभाअगाडि प्रदर्शनकारी र प्रहरीबीच झडप, दुवै पक्षका घाइते (भिडिओ)
नेपाल प्रेस
२०८० जेठ १४ गते १३:३९
विराटनगर । नामकरणको विरोधमा उत्रिएका पहिचान पक्षधर र प्रहरीबीचमा झडप भएको छ ।
निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् ।
प्रहरीले दर्जन बढी अश्रु ग्यास प्रहार गरेको छ । आज कोशी प्रदेशसभाको बैठक बोलाइएको छ । अहिले कोशीसभा सचिवालय अगाडि झडप भइरहेको छ ।
विराटनगरको स्थिति तनावग्रस्त छ ।
प्रतिक्रिया