स्कूल : प्रतिस्पर्धा र प्रतिशोध अभ्यास गर्ने थलो – Nepal Press

स्कूल : प्रतिस्पर्धा र प्रतिशोध अभ्यास गर्ने थलो

सामाजिक सञ्जालमा रहनुको एउटा फाइदा, त्यहाँ अरुका विचारहरु पढ्न र देख्न पाइन्छ । ट्विटरको स्पेसमा एकजना भाइले बडो गम्भीर प्रश्न उठाउनुभयो- राजनीतिमा लागेका मान्छेमात्रै होइन, हामीले भोगेका व्यापारी, कर्मचारी, पुलिस, वकिल, न्यायाधीश, कलाकार, खेलाडी, पत्रकार, बुद्धिजीवी सबका सब उत्तिकै भ्रष्ट मतिका छन् ।

अनि एकले अर्कोलाई विश्वास नै गर्दैनन् र समाज समाज जस्तो नहुनुको कारण अरुलाई देखाउँछ । तर, यसरी एकले अर्कालाई देखाउँदा देखाउँदै एक गोलाकार घेरो बन्छ कि अरुलाई देखाउनेकै अघि ‌आैंलो आइपुग्छ । याने कि हरेक एक मान्छे भ्रष्ट मानसिकताको छ । खासमा जसरी हुन्छ पदमा पुग्नु, पैसा कमाउनु सफलता हो भन्ने मानसिकतामा आएर मान्छे रोकिएको छ । ती भाइको सूक्ष्म सामाजिक विश्लेषण सुनेर म नतमस्तक भएँ ।

खासमा हरेक व्यक्ति भ्रष्ट मानसिकताको बन्न केले काम गरेको छ ? खोलो धमिलो हुनलाई फोहर पानी मिसिएरमात्र पुग्दैन । मूलबाट नै धमिलो पानी आएको हुनपर्छ । समाज खोला भए शिक्षा त्यसको मूल हो । त्यसो भए सिङ्गो समाज धमिलो हुनेगरी कतै हामी गलत शिक्षा त लिइरहेका छैनौं ? यो कुरा थाहा पाउन हाम्रा स्कुलहरुले हामीलाई के सिकाउँदैछन् भनेर बुझ्न जरुरी छ । त्यसैले प्रिय पाठक, आलेख सुरु गरौं अध्ययन र अध्यापनको हाम्रो इतिहासबाट ।

हाम्रो सय वर्ष अगाडिको समाजलाई मात्र फर्केर हेर्ने हो भने मान्छेले लिने सूचना एकदमै सीमित थिए । त्यसैले बाह्य सूचनाबाट भन्दा आफूले प्राप्त गरेका अनुभव र समझमा मान्छेहरुले धारणा बनाउँथे । अधिकांशले आफ्नै बाआमाबाट सीप लिएर त्यही सीपबाट जीवन चलाउँथे । सार्की बाउले छोरोलाई छालाको काम गर्न, जुत्ता सिलाउन सिकाइदिन्थ्यो । क्षेत्री बाउ छोरोलाई लडाइँमा जाने कौशल सिकाइदिन्थ्यो । व्यापारीले छोरोलाई व्यापारमा निपुण बनाइदिन्थ्यो, ब्राह्मण पढ्न खटाइन्थ्यो । जो मानिस जे कुरामा पोख्त छ, ऊ त्यही काममा हुन्थ्यो । जीवन सहजै चल्थ्यो । बुद्धि चलाउनु पर्दैनथ्यो ।

समाजमा बोध अधिक भएका, ज्ञान मार्ग चुनेकादेखि कमाउन जमाउन हिँडेका सबै एकै थलोमा भए । जसले गर्दा समाजले बोधी, ज्ञानी, सीप भएका फरक फरक मानसिक तहका मान्छेलाई एकै थलोमा राखेर एउटै कुरा सिकाउन थाल्यो । यो नै गलत कुरा थियो ।

तर, विस्तारै प्रविधिको विकासले मान्छेलाई सूचनाको पहुँचमा व्यापक बनाउँदै लग्यो र उनीहरुले लिन पर्ने सूचना पनि धेरै हुँदै गए । त्यसले सूचना दिनुपर्ने र ज्ञात हुनुपर्ने विषय बढ्दै गए । छोराछोरीमा सूचना दिन बाआमाले मात्र नसक्ने भए । अनि स्कूलको अवधारणा ल्याइयो । स्कुल ल्याइयो, यहाँसम्म त ठीकै थियो । तर, जब स्कूल भित्र्याउने योजनासँगै गुरुकुल शिक्षा (जीवन बोध गर्ने स्थान)लाई योजनाबद्ध रुपमा विस्थापन गरियो तब शिष्य बन्न चाहनेहरु पनि स्कूलमै आएर मिसिन बाध्य भए । किनकि शिष्य बन्नु र स्कुलमा आएर पढ्नु फरक फरक कुरा थिए । यो कुरा शासकले पत्तै पाएनन् ।

अनि समाजमा बोध अधिक भएका, ज्ञान मार्ग चुनेकादेखि कमाउन जमाउन हिँडेका सबै एकै थलोमा भए । जसले गर्दा समाजले बोधी, ज्ञानी, सीप भएका फरक फरक मानसिक तहका मान्छेलाई एकै थलोमा राखेर एउटै कुरा सिकाउन थाल्यो । यो नै गलत कुरा थियो । किनकि स्कुलको अवधारणा आउनुअघि मानिसहरु सीपमा रमाउनेहरु आआफ्नो सीपमा हुन्थे । ज्ञानमा जान चाहनेहरु गुरुको खोजीमा निस्कन्थे । जो मानिस ज्ञानबाहेक अरु कुरा छोडेर निस्कन्थ्यो, ऊ नै शिष्य हुन्थ्यो र गुरुकुलमा नै जीवन बिताउँथ्यो । बाहिरी संसार हेरेर अरुभन्दा ठूलो वा शक्तिशाली हुने होइन, आफूभित्रका सम्भावना हेर्न गुरुहरुले सिकाउँथे । जीवनमा अनुशरण गरिने आश्रमहरुको ज्ञान नै त्यसबेलाको मुख्य पाठ्यक्रम थियो ।

ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यास आश्रमका रुपमा मानव जीवनका चार महत्वपूर्ण आयाम त्यहाँ सिकाइन्थे । धर्म, अर्थ, काम र मोक्षका लागि ६४ कला र १४ विद्याका आधार तय गरिएका थिए । जसमा सीप लिने सीपमा र नलिने व्यक्ति कर्ता नभएर द्रष्टा भएको ज्ञात गराइन्थ्यो । जसले व्यक्तिमा ज्ञान सञ्चिती हुन्थ्यो । त्यही ज्ञान समाजमा फैलन्थ्यो । मतलब सीप लिने र ज्ञान लिने दुबैको केन्द्रमा जीवनको बोध हुन्थ्यो ।

तर, हामीलाई यस्तो लाग्यो कि बोध छोडेर अंग्रेजी सिक्नेबित्तिकै सबै जान्ने हुन्छ र ल्याइयो स्कुलको अवधारणा । भाषा सिक्नु नराम्रो होइन । तर, भाषा थोपर्नु अपराध हो । अनि त्यो ज्ञानको भोको पनि गुरुकुलबाट इसुकुल(स्कुल)मा आउन बाध्य भयो, जहाँ सूचनाले मानिसहरुको मस्तिष्क भर्नुलाई नै ज्ञान भनियो । किनकि जहाँ पढ्नु भनेको परीक्षाको तयारी गर्नु हो भन्ने मनोविज्ञान विकास गराइयो ।

सीप लिने सीपमा र नलिने व्यक्ति कर्ता नभएर द्रष्टा भएको ज्ञात गराइन्थ्यो । जसले व्यक्तिमा ज्ञान सञ्चिती हुन्थ्यो । त्यही ज्ञान समाजमा फैलन्थ्यो । मतलब सीप लिने र ज्ञान लिने दुबैको केन्द्रमा जीवनको बोध हुन्थ्यो ।

यसरी भित्र्याइएको स्कुलमा हिजो परिवारमा अभिभावकले गर्ने काम अब विद्यालयका शिक्षकले गर्न थाले र त्यसवापत शिक्षकले आमाबाबाट तलब लिन थाले । यस मानेमा शिक्षक बाबुआमाका कारिन्दाका रुपमा स्थापित भए । यसरी जीवनको कर्म क्षेत्र बाहिर गएर, आफूभित्रको सम्भावनाको खोजीभन्दा बाहिर गएर समाजले दिएको तलब लिएर उसैले तय गरेको किताब घोकाइदिने शिक्षक तयार भए । मतलब हिजो अन्तस्करणबाट तयार हुने गुरु-शिष्य प्रणाली आज लेनदेनमा आएर बन्धक भयो ।

अनि सिकाइको एउटा निश्चित अवधि पुगेपछि बानप्रस्थ हुने प्रचलन हरायो । मान्छेले प्रकृतिसँग संगत गरेर आफ्नो जीवनलाई कर्ममा समर्पित गर्ने र अनुभवबाट बोध प्राप्त गर्ने पद्धति हरायो । विद्यार्थीको सिर्जनशीलता होइन, तिनै बोधी महापुरुषको नाम जसले घोक्न सक्छ, उनै प्रथम हुने प्रणाली बस्यो । यसरी स्कूलहरु घोकेको कुरा सम्झेर लेख्ने र त्यसमा प्रथम हुने, अरुलाई जित्ने र अरुभन्दा प्रभुत्वशाली हुने शिक्षा सिकाउने केन्द्र बने या ‘पर्सनालिटीबाट परसेन्ट’मा आएर शिक्षा सीमित भयो ।

उबेलाका ज्ञान सबैको कल्याणका लागि थियो । आज सर्वजन हिताय (सबैको हितका लागि) होइन, अरुलाई टेकेर आफू माथि चढ्ने कला मानिसले सिक्यो । अरुलाई जित्न सूचना लियो । हिजो शिष्य गुरुको खोजीमा निस्कन्थ्यो । आज शिक्षक धनले किनेर घरमा ल्याउन सकिने भए । त्यसैले यसको परिणाम पनि नाफाघाटामै सीमित भयो ।

अविभावकले छोराछोरीलाई यसकारण स्कूल पठाएका थिए कि गुरुकुलमा जस्तै बच्चा प्रेमले भिजोस् र जीवनयापनमा सहज होस् । तर, यी स्कूलमा जे पढाइ भयो, त्यसले प्रेम होइन प्रतिस्पर्धा र प्रतियोगिता सिकाइदियो । अनि तिमी पूर्ण छैनौ, सुन्दर छैनौ, उत्कृष्ट छैनौ, केही भएर देखाउ, आफ्नो नाम लेखाउ भनेर प्रतिस्पर्धामा हालिदियो । त्यसको लागि पदमा पुग, कि धन जोड, कि शक्तिशाली बन अनि मात्र तिमी तिमी जस्तो हुन्छौ भनिदिएको छ । त्यसैले बच्चादेखि नै हरेक एकलाई अरुलाई पछि पार्न नै दौडाइयो । भनियो, नदौडिए पछि परिन्छ । किनकि अर्को पनि कुदिरहेको छ । तर, जति कुदे पनि कोही त अघि नै छ । यो कुदाइबाट उसले अर्थोपार्जन त गर्‍यो । तर, जीवनोपार्जन भुल्यो ।

मतलब गुरुकुल छोडेर स्कुलमा आइपुगेका हामीलाई जीवन होइन परीक्षा पास गर्न सिकाइयो । मतलब कक्षा वृद्धि हुनुलाई सफलताको अर्थ लगाउँछ । यस्तै सिकेर निस्केका हामी सधैं प्रतिस्पर्धामा जिइरहेका छौं । किनकि हामीले हिसाबकिताबको गन्तीमा धेरै निकाले पनि भित्री सम्पत्ति गुमायौं र हीनताले ग्रसित छौं, विक्षिप्त छौं ।

स्कूलहरु घोकेको कुरा सम्झेर लेख्ने र त्यसमा प्रथम हुने, अरुलाई जित्ने र अरुभन्दा प्रभुत्वशाली हुने शिक्षा सिकाउने केन्द्र बने या ‘पर्सनालिटीबाट परसेन्ट’मा आएर शिक्षा सीमित भयो ।

त्यसैले मान्छे आफूभित्र रहेको हीनता छिपाउने चेष्टामा यो दौडबाट जीवनभर कहिल्यै निस्कन सकेको छैन । आज भौतिक सुखको चुलीमा पुगेर पनि हर समय हतारमा कुदेको तर कहीं नपुगेको हतास मानसिकताको दुःखी मानिस भेटिनु यसैको परिणाम हो ।

खासमा वृद्धिलाई सफलताको व्याख्या पश्चिमा शिक्षासँगै भित्रिएको हो । किनकि पश्चिमा शिक्षा गरिबलाई, निर्धोलाई सेवा गर्नु धर्म हो भन्छ । तर, निर्धाेलाई सेवा गर्ने उद्देश्यले अरुलाई निर्धाे बनाउँदै आफू शक्तिशाली हुने कुरा नै युद्धको बिज हो । किनकि जब कोही आफूभन्दा कमजोरलाई सेवा, सहयोग गर्छ, कोही कमजोरको लागि म उभिएको हुँ भन्छ, ऊ स्वतः उसको मालिक बन्छ । मालिक भएपछि उसले निर्धोलाई दबाउँछ नै । चाहे ती धार्मिक संस्था हुन्, चाहे ती देश देशबीचका व्यवहार हुन् । चाहे राजनैतिक संगठन तिनीहरुका सहयोग आफ्नो प्रभुत्व विस्तारका लागि हुन् । अनि अरुलाई किच्ने र आफू अग्लो देखिने अहंकार त्यहीबाट फस्टाएको छ । भनेको यसको जरा नै स्कुलीय शिक्षा हो ।

हाम्रो गुरु शिष्य पद्धतिमा चलिरहेका परिवारमा बच्चालाई यसकारण स्कुल पठाएका थिए कि उनीहरुले गुरुकुल पुगेको शिष्य शिक्षित हुने, शिक्षित भएपछि मान्छे विनम्र, निर्दोष र सत्यवादी बनेको देखेका थिए । उनीहरुलाई लाग्यो, स्कुलले बुद्ध, कृष्ण, शिव र दुर्गाको बारेमा भनिदिएपछि बौद्धिक हुन्छ । बुद्धि बढेपछि धर्म के हो भन्ने महसुसमा पुग्छ र मानवतावादी हुन्छ । तर, त्यसको ठीक उल्टो भैदियो । मान्छेले विनम्र हुने ठाउँमा अरुलाई टेकेर आफू माथि चढ्ने कला पो सिक्यो । किनकि स्कुलमा असल बन्न होइन, सफल बन्न सिकाइयो । जसले गर्दा मानिस प्रेम, विनम्रता, समर्पण, दया छाडेर चलाखी गर्नतर्फ लाग्यो ।

चलाखीले संसारमा रहने कुशलता त प्राप्त गर्‍यो । तर, उसबाट धर्मको बाटो विस्मृत भयो । आफूलाई उँचो देखाउन अरुलाई निचो बनाउँदा उसले पाएको सफलतालाई नै जीत भन्ने ठान्यो । त्यही भएर आज संसार अरुलाई दबाउन चाहिने बुद्धिलाई प्रगति र सफलता मानेर कुदिरहेको छ । र, मानव समाज जति सभ्य भयौं भन्दैछ, संसार त्यति युद्धोन्मुख छ । र ढुङ्गे युगको शिकारी मान्छेमा परिणत हुँदैछ ।

त्यो कसरी भन्नुहोला, आज आएको कृतिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेनस)ले संसारको पैसा एकत्रित गर्दैछ । जसको परिणाम अब संसारबाट बाहुबलमा हुने काम लगभग बन्द हुँदैछन् । बाहुबलमात्र हैन, बुद्धि चलाएर खानेहरुका काम पनि बन्द हुँदैछ । धेरै उत्पादन गर्ने नाममा पृथ्वी त मरुभूमि भइसक्यो । अनि मान्छेले समभाव राख्ने गुण पनि विस्मृत भयो । त्यसैले आफूसँग भएको कुरा साझा गर्न सक्ने अवस्थामा छैन मान्छे । जसको अन्तिम विन्दु युद्ध हो । युद्धको अर्थ भौतिक र मानसिक रुपमा मान्छे ढुङ्गे युगमै प्रवेश गर्नु हो ।

वृद्धिलाई सफलताको व्याख्या पश्चिमा शिक्षासँगै भित्रिएको हो । किनकि पश्चिमा शिक्षा गरिबलाई, निर्धोलाई सेवा गर्नु धर्म हो भन्छ । तर, निर्धाेलाई सेवा गर्ने उद्देश्यले अरुलाई निर्धाे बनाउँदै आफू शक्तिशाली हुने कुरा नै युद्धको बिज हो । किनकि जब कोही आफूभन्दा कमजोरलाई सेवा, सहयोग गर्छ, कोही कमजोरको लागि म उभिएको हुँ भन्छ, ऊ स्वतः उसको मालिक बन्छ ।

मतलब विकासका नाममा हामीले भित्र्याएका स्कुलहरु ज्ञान र विवेकको केन्द्र नभएर सूचना भर्ने र विद्यार्थीमा प्रतिस्पर्धा र प्रतिशोधको बारुद भर्ने केन्द्र हुन् । जब नर्सरीमा यस्ता बेर्नाहरु उत्पादन हुन्छन्, समाजभरि हुने रुख तिनै वेर्नाबाट तयार हुने हो । अनि तिनै रुख भएर तिनले अरु विरुवा बनाउने हो । आधुनिक शिक्षाबाट उम्रिएका ती हरेक वेर्ना पनि तिनै रुखका विस्तार हुन् ।

अहिले प्रयोगमा आएको शिक्षा ज्ञानको आधार नभएको शिक्षा हो । किनकि अहिले शिक्षाको आधुनिकीकरणका नाममा तयार गरिएका पाठ्यपुस्तकहरु ज्ञानमा आधारित त छैनन् नै, भएको नैतिक शिक्षा पनि त्यसबाट हटाइएको छ । यो हुनुमा पुरानो सबै कुरा हटाउनु क्रान्ति हो भन्ने मनोविज्ञानले काम गरेको छ । जसमार्फत् संस्कृत भाषाले बहन गरेका प्राचीन ज्ञानलाई विस्थापित गरेको छ । यसरी स्कूलहरुबाट सुरु भएको प्रतिस्पर्धा, प्रतिशोध, ईर्ष्या र अहंकार समाजको सबै अंगमा फैलिएको छ । किनकि समाजको मूल पाठ्य केन्द्र स्कूलबाट नै हामी समाजमा विनाश रोपिरहेका छौं ।

आजका स्कूलहरुमा प्रतिस्पर्धा बच्चामा मात्र सीमित गराएको छैन । बाआमासँग धेरै धन भएको देखाउने स्थान पनि स्कूलहरु बनेका छन् । बच्चा असल छ कि छैन, त्यसको पनि मतलब हुँदैन । कुन स्कुलमा पढेको बच्चा हो, मूल्याङ्कन त्यस आधारमा हुन्छ ।

त्यसैले आज अरु जस्तै पैसावाला बन्न नसक्दा, अरुले जस्तै घर गाडी किन्न नसक्दा आगो लगाएर पेट्रोल छर्किएर मर्नेहरुको कमी छैन । जसले जिन्दगीमा पैसा कमाउनुलाई नै सफलता मान्छन्, पैसा कमाउन नसक्नु उनीहरुका लागि घोर निराशाको कुरा हुनु स्वाभाविक हो ।

मतलब समाजको यो धमिलोपन सबै शिक्षाको परिणाम हो । जीवनको सफलता पैसामात्रै होइन, प्रभुत्वमात्रै होइन, भौतिक सुखमात्रै होइन भन्ने कुरा उनीहरुले जानेका थिए भने आत्महत्या गर्दैनथे । उनीहरुभन्दा कैयौं गुणा कमजोर आर्थिक अवस्था भएका मानिसहरु पनि यही समाजमा हाँसेरै बाँचेका छन् । टाउकोमा बोकेको महत्वाकांक्षाको भारीले थिचेर कैयौं मानिसहरु मरेका छन् ।

अनि यस्तो शिक्षाबाट दीक्षित हाम्रो समाज पनि कति ढोंगी छ भने आफूलाई परसेवक कहलाउन आत्मदाह गर्नेको प्रशंसा गर्छ र उसको आत्मदाहको दोषी खोज्न थाल्छ । कसैलाई दोषी करार नगरी ऊ आफूलाई निर्दाेष सावित गर्नै सक्दैन । प्रमुख सत्य नलुकाउने हो भने यो प्रकरणमा मुख्य दोषी आत्मदाह गर्ने व्यक्ति नै हो ।

आजका स्कूलहरुमा प्रतिस्पर्धा बच्चामा मात्र सीमित गराएको छैन । बाआमासँग धेरै धन भएको देखाउने स्थान पनि स्कूलहरु बनेका छन् । बच्चा असल छ कि छैन, त्यसको पनि मतलब हुँदैन । कुन स्कुलमा पढेको बच्चा हो, मूल्याङ्कन त्यस आधारमा हुन्छ ।

अहिले आएर समाजले बुझ्यो होला कि विद्या दिने कुरा नभएर यो खोजी गर्ने कुरा हो । यसको भनक पाउनेहरुले पहिल्यै बोलेका छन् । खलिल जिब्राहन (१८८३-१९३१)ले भनेका थिए- ‘आफ्ना बच्चालाई प्रेम दिनु, स्वतन्त्रता दिनु । तर, आफ्नो ज्ञान नदिनू ।’ उनको जोड थियो ज्ञान लिएर र किनेर पाइने कुरा होइन, यसको लागि व्यक्ति स्वयं तिर्खाउन जरुरी हुन्छ ।

खासमा हिजोका गुरुकुल र आजका स्कूलमा यही फरक छ कि गुरुकुलहरुले व्यक्तिलाई शान्त बनाएर आफैंलाई हेर्ने क्षमता विकास गर्थे, बोध गर्न जोड दिन्थे र कम बोल्न प्रेरित गर्थे । जो आजको समाजमा त झनै आवश्यक छ । किनकि शान्ति नै जीवनको पहिलो आधार हो । जसले कर्म, ज्ञान अनि बोध साथमा दिन्थ्यो । व्यक्ति जति शान्त हुन्छ, ऊ उति नै भयहीन र स्वस्थ हुन्छ । जसले ऊभित्रको सम्पूर्ण शक्ति कलामा परिणत गर्न सक्छ भन्नेमा उनीहरु जानकार थिए ।

तर, स्कूलमा घोकाइने र हामीले जम्मा गरेको सूचनाको भारीले हामी यति भरिएका छौं कि हामीसँग भित्री बोधको लागि कुनै ठाउँ बाँकी छैन ।

आखिर हुनुपर्ने चाहिँ के थियो त ? खासमा बच्चालाई प्रेम सिकाउनुपर्ने थियो । प्रेमको मतलब सधैं अरुका लागि आफू समर्पित हुनु । आफू मेटिएर भए पनि अरुको लागि जिउनु । प्रेम भन्छ- अरुको लागि मर । महत्वाकांक्षा भन्छ- प्रतिस्पर्धा गर, अरुलाई मारेर आफू बाँच । अनि २० वर्ष स्कुल कलेजमा यस्तो सिकेर आएको एउटा युवाले प्रेमको कुरा बुझ्दैन । त्यसबाट समाज कस्तो बन्छ ? अहिलेको जस्तो ।

यो नेपाल र यस वरपरको मात्र कुरा होइन, हामीले सबैतिर जीविकाको लागि भनेर दिइएको शिक्षाले मान्छेबाट मानवीयतामात्र गुम्दैछैन, ऊ स्वयं मानसिक विचलनको शिकार भइरहेको छ । त्यसैले अब यस्तो समाजको कल्पना गरौं, जहाँ सफलता वा असफलताको मूल्य तुलना नभएको होस्, प्रतिस्पर्धा र प्रतियोगिता नभएको होस् । एकसँग अर्काको तुलना नभएको, प्रेम, करुणा र श्रद्धाले भरिएका बालबालिका विकास गर्ने चेष्टा भएको होस् । जसले महत्वाकांक्षाको बन्ध्याकरण गर्छ ।

खासमा गुरुकुलहरु पास र फेल नभएको, प्रतिस्पर्धालाई मलजल नगर्ने, महसुस र सुझबुझ केन्द्रमा आधारित थिए । तर, गुरुकुललाई हामीले रद्दी बनाइदियौं । उनका ज्ञानलाई कामै नलाग्ने बनाइदियौं ।

अध्येता डी एच लरेन्स(१८८५-१९३०)ले भनेका छन्- ‘सय वर्ष शिक्षा बन्द नगरे समाज दुर्घटना पर्नेछ’ । म त भन्छु समाज योभन्दा दुर्घटनामा जाने ठाउँ छैन । बरु अब स्कुल छोडेर स्वअध्ययनमा तानिएका यी सिकारुलाई परसेन्टबाट पर्सनालिटी विकासमा कसरी तान्न जरुरी छ । या गुरुकुलिन पद्धतिमा डोर्‍याउन जरुरी छ ।

शिक्षाको क्रान्ति, आर्थिक र राजनैतिक क्रान्तिभन्दा ठूलो हुन्छ । त्यसैले कलिला बालबालिकाको टाउकोबाट सूचनाको भारी हटाएर सिर्जनशीलताको ठाउँ बनाऔं । त्यसको लागि बच्चालाई स्वअध्ययनमा छोडिदिऊँ । जहाँबाट संसारलाई शान्तिमा बदल्न सम्भव छ ।


प्रतिक्रिया

One thought on “स्कूल : प्रतिस्पर्धा र प्रतिशोध अभ्यास गर्ने थलो

  1. बकवास जे पनि पेल्दिने संस्कारी हुनको लागि। ईशुकुल भन्या के? गजडिले बोल्या डाइलगबाट प्रेरित भएको पो हो? गुरुकुल यदि त्यस्तो थियो भने चिकित्सा विज्ञान देखि भौतिक विज्ञानको विकास त्यहाँ बाट हुनु पर्ने होइन? खै त के चाहिँ दियो गुरुकुलले मातेका सर्वहारी ब्राम्हण बाहेक? फेरि इशुकुल भनेका पश्चिमा विश्वविद्यालय छन् त्यहाँको शिक्षा कस्तो हुन्छ? त्यहाँको परीक्षा प्रणाली कस्तो हुन्छ त्यो बुझ्नु भएको छ? नेपालमा अभिभावक देखि विद्यार्थी सबलाई श्रेणी चाहिएको छ, अङ्क चाहिएको छ। यो यहाँका मान्छेको नालायकी पन हो। शिक्षा तथा शैक्षिक प्रणालीको विकास समय सङ्गै हुँदै जाने हो। अब विज्ञान र चिकित्सा विज्ञानको प्रयोगशालामा त्यही गुरुकुलको जस्तो मन्त्रोच्चार र यज्ञले हुन्छ र? तपाईँले आफ्नो बच्चालाइ कस्तो विद्यालयमा के विषय पढाउँदै हुनुहुन्छ? संस्कारी हुनेले टाउको दुख्दा सिटामोल नखाने। इमान्दार हुनुहोस। विज्ञानले विकास गरेका उपकरण देखि श्रृंगार उपभोग गरेर पाखण्डी कुरा गरेको सुहाउँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *