माओवादी नेता दीपशिखाको दाबी- रेशम चौधरीको माफी मिनाहा जायज
नेपाल प्रेस
२०८० जेठ १५ गते १५:१०
काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा दीपशिखाले रेशम चौधरीको रिहा जायज भएको बताएका छन्।
टीकापुर घटनामा दोषी ठहर भई जन्मकैद पाएका चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिएपछि चौतर्फी विरोध नेता सापकोटाले जायज भएको बताएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘रेशम चौधरीको माफी मिनाहा सर्वथा जायज छ । बरु अलि युवा र अलि अग्रगामी भनेर चिनिएकाहरूको राजनीतिक रूढीवाद र पूर्वाग्रह भंयकर डरलाग्दो छ । शरम मान ।’
उनले बरु अलि युवा र अलि अग्रगामी भनेर चिनिएकाहरूको राजनीतिक रूढीवाद र पूर्वाग्रह डरलाग्दो भएको टिप्पणी गरेका छन्।
प्रतिक्रिया
यसको वुद्वि हेर । मान्छे मार्ने अग्रगामी हुन्छ ? यस्तालाई त राजनीतिमा प्रतिबन्ध लगाउनुपर्छ । टिकापुर घटना दक्षिणको निर्देशनमा रेशमले गरेको हो । केही समय दक्षिणले लुकायो । त्यसपछि नेपाल जा म टट्टुको सरकार बनाउछु अनि छुटारउँला भन्यो र उनी नेपाल आए । सरकार टट्टुको भए पनि यश अघि राष्ट्रपतिबाट अवरोध हुन्थ्यो । अहिले सबै टट्टु भए । अनि दक्षिणको निर्देशनमा छुट्यो ।