गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने अर्थमन्त्रीको घोषणा : सांसदले ताली बजाए, सभामुख हाँसे (भिडिओ)
नेपाल प्रेस
२०८० जेठ १५ गते १७:१८
काठमाडौं । सरकारले गाँजाखेतिको सम्भाव्यता अध्ययन गर्ने भएको छ । आज अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमार्फत सो घोषणा गरेका हुन् ।
औषधि प्रयोजनका लागि गाँजा खेतिको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्रीले बताए । उनले सो घोषणा गर्दा सांसदहरुले ताली बजाएका थिए ।
प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष भने एक अर्कालाई हेरेर मुसुमुसु हाँसेका थिए । कृषिमन्त्री बेदुराम भुसाल पनि दंग परेर हाँसे भने उनीहरु हाँसेपछि अर्थमन्त्री पनि हाँसे ।
नेपालमा व्यापारिक प्रयोजनका लागि गाँजा खेतिलाई बैधता दिनुपर्ने माग उठ्दै आएको छ ।
प्रतिक्रिया
One thought on “गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने अर्थमन्त्रीको घोषणा : सांसदले ताली बजाए, सभामुख हाँसे (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
No offence, ukhan yaad aayo baahunle chyaau khaaye po bhyaau paaucha. It could be the milestone for Nepalese economics and all and again I say no offence..Peace