सन् २०२३ देखि २०३२ लाई पर्यटक दशकका रूपमा मनाइने (भिडिओ) – Nepal Press

सन् २०२३ देखि २०३२ लाई पर्यटक दशकका रूपमा मनाइने (भिडिओ)

पर्यटन क्षेत्रमा ११ अर्ब ९६ करोड

काठमाडौं । सरकारले सन् २०२३ देखि २०३२ सम्मको १० वर्षको अवधिलाई पर्यटन दशकका रूपमा मनाउने घोषणा गर्ने भएको छ ।

आज आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो घोषणा गरेका हुन् ।

अतिथि देवो भव: भन्ने मान्यताअनुसार पर्यटकीय सेवाको गुणस्तर सुधार गर्ने अर्थमन्त्री बताए ।

सन् २०२३ मा नेपाल आउने पर्यटकको संख्या १० लाख पुर्‍याइने पनि उनले घोषणा गरे ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल घुमौँ नेपाल चिनौँ’ नारासहित अभियान सञ्चालन अर्थमन्त्रीको बजेट वक्तव्यमा उल्लेख छ ।

पर्यटन क्षेत्रमा ११ अर्ब ९६ करोड

नयाँ बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिइएको बताउँदै अर्थमन्त्री महतले ११ अर्ब ९६ करोड रूपैयाँ विनियोजन गरिएको बताएका छन् । चालू आवमा ९ अर्ब ३८ करोड रूपैयाँ बजेट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि करिब साढे २ अर्ब थपिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर