सन्‌राइज बैंकद्वारा वीरेन्द्रनगरमा दुग्ध उत्पादन सीपमुलक तालिम – Nepal Press

सन्‌राइज बैंकद्वारा वीरेन्द्रनगरमा दुग्ध उत्पादन सीपमुलक तालिम

काठमाडौं । सन्‌राइज बैंकले सुर्खेतको वीरेन्द्रनगरमा दुग्ध उत्पादन सम्बन्धी सीपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकले वीरेन्द्रनगर नगरपालिकामा ५ दिनसम्म ३५ जना महिलाहरुको सहभागितामा तालिम सञ्चालन गरिएको जनाइएको छ ।

कार्यक्रमको प्रशिक्षण ग्रामीण वित्त विज्ञ तर्कराज जोशीको नेतृत्वमा विभिन्न सीपमुलक तालिम दिएर आयआर्जनमा जोड्ने र वित्तीय अनुसाशन कायम गराउने उद्देश्यले तालिम आयोजना गरिएको बैंकले बताएको छ ।

बैंकका अनुसार स्थानीय तहमा सुँहाउदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्घिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्य कार्यक्रमको आयोजना गरिएको थियो ।

सीपमुलक तालिमले महिला कृषकहरुमा दुग्ध पदार्थको उत्पादन वृद्धि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरुको व्यवसायिक क्षमतामा वृद्घि गर्ने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *