ओलीको गुनासो- युट्युब खोल्न पनि कुनामा जानुपर्छ, के आउने हो भनेर डराउनुपर्छ
नेपाल प्रेस
२०८० जेठ १७ गते १५:५०
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा छाडापन बढेको टिप्पणी गरेका छन् । नेपालमा जस्तो छाडापन कहीँ नभएको उनको भनाइ छ ।
राष्ट्रिय जनसांस्कृतिक महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आज दुनियाँमा यहाँ जस्तो छाडापन कहीँ नहोला । युट्युब खोल्न सकिँदैन । खोल्न पर्यो भने एकान्त कुनामा जानुपर्छ। के आउने हो भनेर डराउनुपर्छ ।’
उनले अहिलेको समाज विकृतितर्फ भासिँदै गएको बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर