दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने
काठमाडौं । विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने भएको छ ।
जिल्ला अदालतको सुनुवाइ निरन्तर सर्दै गएपछि सन्दीप लामिछानेलाई भने ‘लिगल टीम’ ले नपठाउने निर्णय गरेको छ । दक्षिण अफ्रिका भ्रमणबाट छुटेका लामिछानेले नेपाली राष्ट्रिय टीमलाई दुई दिनअघि शुभकामना दिँदै शुभयात्रा लेखेका थिए । उनले सामाजिक सञ्जालमार्फत आफू यो भ्रमणमा समावेश नभएको जनाउ दिएका थिए ।
बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजानिक गरेको खेल तालिकाअनुसार नेपालले जुन ८ मा स्कटल्यान्ड र जुन १० मा नेदरल्यान्डसँग दोस्रो अभ्यास खेल खेल्नेछ । त्यसअघि, बुधबार दक्षिण अफ्रिका पुगेको नेपाली टीमले जुन १ देखि ७ सम्म त्यही अभ्यास गर्नेछ ।
दक्षिण अफ्रिकाको भ्रमण सकेर नेपालले जुन १८ देखि ९ जुलाईसम्म जिम्बाबेमा हुने विश्वकप छनोट खेल्न जानेछ ।
नेपालले विश्वकप छनोटअघि जिम्बावेमै दुई वार्म अप म्याच पनि खेल्नेछ ।
पहिलो वार्म अप युनाइटेड अरब इमिरेट्स (यूएई) सँग जुन १३ मा र दोस्रो जुन १५ मा ओमानविरुद्ध खेल्नेछ । विश्वकप छनोटअघि नेपालले मात्रै टेस्ट राष्ट्रसँग वामअर्प म्याच खेल्न पाएन ।
आईसीसीले सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’ मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बावेविरुद्ध खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ । यस्तै, जुन २० मा नेपालले अमेरिका, जुन २२ मा वेस्ट इन्डिज र जुन २४ मा नेदरल्यान्ड्ससंग समूह चरणको अन्तिम खेल खेल्नेछ ।
छनोटमा १० राष्ट्रले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् । समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र यूएई छन् ।
प्रत्येक समूहबाट शीर्ष तीन टीमले सुपर सिक्सम स्थान बनाउनेछ्न् र दुई टीमले विश्वकपमा स्थान बनाउनेछन् ।
विश्वकप छनोट खेल्ने नेपाली टीमः
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महत्तो ।