नारायणी नदी किनारका अवैध संरचना हटाउँदै भरतपुर महानगर
नेपाल प्रेस
२०८० जेठ १८ गते १०:१७
काठमाडौं । भरतपुर महानगरले नारायणी नदी किनारमा बनेका अवैध संरचना हटाउन सुरु गरेको छ ।
बिहीबार विहानबाट मेयर रेनु दाहालले स्थलगत अनुगमन तथा निरीक्षण गर्दै अभियानको सुरुआत गरेकी हुन् ।
महानगरभित्र सार्वजनिक जग्गा संरचना गर्न वडा नम्बर १ बाट काम थालनी भएको मेयर दाहालले बताइन् ।
अवैध संरचना बनाउने आफैले हटाउन आग्रह गर्दै उनले अटेर गरे बल प्रयोग गरिने बताइन् ।
प्रतिक्रिया
सम्बन्धित खवर