महालक्ष्मी कर्पोरेट क्रिकेट लिग- २०२३, श्रृङ्खला २ हुँदै
काठमाडौं । महालक्ष्मी विकास बैंकको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग– २०२३, श्रृङ्खला २’ प्रतियोगिता हुने भएको छ ।
बैंकले जेठ २० गते शनिवारदेखि २२ गते सोमबारसम्म इमाडोल स्थित ‘बलपार्क इन्डोर क्रिकेट’ मा प्रतियोगिता आयोजना गरेको हो ।
बुधवार बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विजेता ट्रफी र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारीले जर्सी सार्वजनिक गरेका हुन् ।
प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता रहेको छ ।
नक आउट फर्म्याटमा आयोजना हुन गइरहेको १० ओभर प्रति इनिङ्स प्रतियोगितामा कुल ३१ वटा खेल खेलिनेछन् । भने सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरी समूहको उत्कृष्ट हुने दुई समूह क्वार्टर फाइनल प्रवेश गर्ने जनाइएको छ ।
प्रतियोगितामा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, इन्भेष्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंकको सहभागिता रहेको छ ।
यस्तै, प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, वेस्ट बलर, वेस्ट ब्याट्सम्यान, वेस्ट विकेट किपर, वेस्ट फिल्डर, लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । सम्पूर्ण खेलहरूको प्रसारण बैंकको आधिकारिक युट्युब च्यानल मार्फत हुने बताएको छ ।