मधेसमा अत्यधिक गर्मी, लहानका विद्यालय एक साताका लागि बन्द – Nepal Press

मधेसमा अत्यधिक गर्मी, लहानका विद्यालय एक साताका लागि बन्द

जनकपुरधाम । तराई मधेसका जिल्लाहरुमा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ ।केही दिनदेखि तराई मधेसका जिल्लाहरुमा २८ देखि ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

गर्मीले सबभन्दा बढी मजदुर समस्यामा परेका छन् । घरबाट बाहिर निस्किनै नसकिने अबस्था आएको सर्वसधारण बताउँछन् ।

गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेको भन्दै सिरहाको लहान नगरपालिकाकाले एक साताका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

भोली (जेठ १९ गते)देखि जेठ २६ गतेसम्म वालविकास देखि कक्षा १२ सम्मका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द रहने लहानकी प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमले सूचना जारी गरेकी छन् ।

उनले जारी गरेको सूचनामा भनिएको छ,‘वर्षे विदाबाट कट्टा हुनेगरी विद्यालयहरु बन्द रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *