नबिल बैंकको २३९ औं शाखा लालबन्दीमा – Nepal Press

नबिल बैंकको २३९ औं शाखा लालबन्दीमा

सर्लाही । सर्लाहीको लालबन्दीमा नबिल बैंकको २३९ औं शाखा स्थापना गरिएको छ । आज एक कार्यक्रमबीच शाखाको औपचारिक उद्घाटन गरिएको छ ।

लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी र उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्रकुमार बलम्पाकीले संयुक्तरुपमा शाखा उद्घाटन गरेका हुन् । गत पुस ११ गते लालबन्दी शाखा अनौपचारिक सञ्चालनमा आएको थियो ।

लालबन्दीका शाखा प्रवन्धक शशी खतिवडा र क्लस्टर प्रमुख दिनेश अधिकारीले नबिल बैंकका देशभर २५५ वटा शाखा र २८३ वटा एटीएम रहेको जानकारी दिए ।

कार्यक्रममा मेयर अधिकारी र उवासंघका अध्यक्ष बलम्पाकीले नबिलको नयाँ शाखा सञ्चालनमा आएबाट सर्लाहीको व्यापारिक केन्द्र लालबन्दीमा आर्थिक गतिविधि बढ्ने र सर्वसाधारणलाई वित्तीय पहुँचमा सहयोग पुग्ने आशा व्यक्त गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर