‘ग्लोकल टिन हिरो नेपाल २०२३’ को नवौं संस्करणको लागि आवेदन खुल्ला – Nepal Press

‘ग्लोकल टिन हिरो नेपाल २०२३’ को नवौं संस्करणको लागि आवेदन खुल्ला

काठमाडौं । ‘ग्लोकल टिन हिरो नेपाल २०२३’ को नवौं संस्करणको लागि आवेदन खुल्ला गरिएको छ ।

किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टिन हिरो नेपाल २०२३’ सेप्टेम्बर १, मा हुने जनाइएको छ ।

‘ग्लोकल टिन हिरोे नेपाल’ शिक्षा, उद्यमशीलता, कूटनीति, एवम् अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितीमा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । उक्त कार्यक्रम फेसबुक पेज र विभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोगामि, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगायत विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिले वेवसाइट मार्फत निशुल्क आवेदन भर्न सक्ने व्यवस्था रहेको छ । कार्यक्रमा पूर्वदेखि पश्चिमसम्म नेपालका विभिन्न ६२ सहरहरूमा किशोरकिशोरीसँग अन्तरक्रिया गरिनेछ।’

आयोजकका अनुसार प्रतियोगिताको पहिलो चरणमा कुल आवेदनहरुको पहल, प्रभाव र उपलब्धिका आधारमा ग्लोकल २० अन्डर २० को छनोट गरिनेछ । त्यसपछि उनीहरुको दृष्टिकोण, कामको सुरुवात र प्रभावको आधारमा उत्क्रिस्थ ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, मनोवृत्ति र दुरदर्शनको मापनको लागि अन्तर्वार्ता हुनेछ र ग्लोकल टीन हीरो नेपाल २०२३ को बिजेता घोषणा गरिनेछ ।

त्यसैगरी हालसम्म दक्षिण एसियाली देशहरूमा आफ्नो क्षितिज विस्तार गर्ने परिकल्पनाका साथ, ग्लोकल टिन हिरोलाई भारतमा, श्रीलंकामा र त्यसपछि बंगलादेशमा सुरु गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *