नक्कली शरणार्थी मुद्दामा सुनवाइ सुरू, ८ जना सरकारी वकिलले बहस गर्दै
नेपाल प्रेस
२०८० जेठ २१ गते १२:१७
काठमाडौं । उच्चपदस्थ अधिकारी तथा नेताहरू मुछिएको नक्कली शरणार्थी सम्वन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सुरु भएको छ । मुद्दामा आरोपित गरिएका सबै प्रतिवादीहरुलाई अदालत उपस्थित गराएर बहस थालिएको हो ।
सुरुमा सरकारी वकिलहरुले बहस गर्नेछन् । ८ जना सरकारी वकिलहरु बहसका लागि तयार भएका छन् । सरकारी वकिलको बहसलाई मात्रै ३ दिन लाग्ने जानकारी गराइएको छ । उनीहरूको बहस सकिएपछि वादी तथा प्रतिवादीका वकिलहरूले बहस गर्नेछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर