प्रतिनिधि हटाउने सरकारको निर्णयको नयाँ भन्सार एजेन्टले गरे स्वागत – Nepal Press

प्रतिनिधि हटाउने सरकारको निर्णयको नयाँ भन्सार एजेन्टले गरे स्वागत

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमा भन्सार ऐन संशोधन गरी भन्सार एजेन्टका प्रतिनिधिहरू हटाएको थियो । नेपाल सरकारद्वारा भन्सार एजेन्टले नियुक्त गरेका प्रतिनिधि खारेज गरेको हो ।

राष्ट्रिय भन्सार एजेन्ट परिषद्ले भन्सार प्रतिनिधि घटाएको भन्दै सरकारको निर्णयको स्वागत गरेका छन् ।

राष्ट्रिय भन्सार एजेन्ट परिषदमा नयाँ भन्सार एजेन्टहरू अबद्ध रहेका छन् । आर्थिक वर्ष २०७९/८० मा भन्सार विभागले ६ सय ६० जना नयाँ भन्सार एजेन्ट नियुक्ति गरेको थियो । उनीहरूले नै राष्ट्रिय भन्सार एजेन्ट परिषद् गठन गरेका थिए ।

‘नेपाल सरकार, अर्थ मन्त्रालयद्वारा जेठ १५ मा प्रस्तुत आर्थिक विधेयकबाट भन्सार ऐन २०६४ र भन्सार नियमावली २०६४ मा भएको संशोधनको हार्दिक स्वागत गर्दै धन्यवाद व्यक्त गर्न चाहन्छौँ । भन्सार विभाग लगायत यस प्रक्रियामा संलग्न सबै प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ । राज्यले नयाँ भन्सार एजेन्ट प्रति गरेको विश्वासलाई मध्यनजर गर्दै यथार्थपरक राजश्व संकलन गर्दै राजश्व चुहावट नियन्त्रणमा सहयोग गर्नेछौ,’ राष्ट्रिय भन्सार एजेन्ट परिषद्ले निकालेको वक्तव्यमा उल्लेख छ ।

पुराना भन्सार एजेन्टहरूले भने भन्सार प्रतिनिधि हटाएको विरोध गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर