एमालेको प्रश्न- तत्कालीन राजा वीरेन्द्रले लालमोहर नलगाएको विधेयक राष्ट्रपतिबाट हस्ताक्षर भयो भने के गर्ने ? (भिडिओ) – Nepal Press

एमालेको प्रश्न- तत्कालीन राजा वीरेन्द्रले लालमोहर नलगाएको विधेयक राष्ट्रपतिबाट हस्ताक्षर भयो भने के गर्ने ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेले तत्कालीन राजा वीरेन्द्रले लालमोहर नलगाएको विधेयक राष्ट्रपतिबाट हस्ताक्षर भयो भने के गर्ने ? भनेर प्रश्न गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरिले यस्तो प्रश्न उठाएका हुन्।

उनले भने, ‘निष्क्रिय विधेयकलाई राष्ट्रपतिले असंवैधानिक ढंगले प्रमाणीकरण गर्दै जाने हो भने भोलि बिहान २०५७ सालमा तत्कालीन राजा वीरेन्द्रले लालमोहर नलगाएको जुन नागरिकता विधेयक थियो। भोलि बिहान विदेशी प्रभुहरूलाई रिझाउनका लागि राष्ट्रपतिले त्यो पुरानो फाइल पनि खोलेर हस्ताक्षर गर्नुभयो भने मान्ने कि नमान्ने ? त्यो गम्भीर प्रश्न छ। यो विधेयकलाई निष्क्रिय राखेर संसदमा दर्ता गरेर एक हप्ताभित्र टुंग्याउनुपर्छ। नत्र हामी स्वीकार्दैनौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर