आन्तरिक राजस्व विभागका महानिर्देशकलाई प्रश्न, घरजग्गाको कर के हुन्छ ? – Nepal Press

आन्तरिक राजस्व विभागका महानिर्देशकलाई प्रश्न, घरजग्गाको कर के हुन्छ ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत घरजग्गालाई पनि आयकरमा ल्याउन खोजिएको हो भन्ने विषयमा चासो उत्पन्न भएको छ । शेयर बजारको कर विवाद त समाधान भयो । तर, घरजग्गाको मामलामा के हुन्छ भन्ने आममानिसमा प्रश्न उठेको छ । आर्थिक विधेयकको बुँदा नं २९ मा घरजग्गा तथा धितोपत्र बजारसम्बन्धी करको विषय उल्लेख छ ।

सो बुँदामा भनिएको छ, ‘धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुटसम्बन्धी विशेष व्यवस्थाअन्तर्गत प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रूपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिला गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको पचास प्रतिशत रकम २०८० साल चैत मसान्तभित्र दाखिला गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा व्याज मिनाहा हुनेछ । यसरी कर दाखिला गर्ने प्राकृतिक व्यक्तिको सोभन्दा अघिल्ला आर्थिक वर्षहरूको कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ ।’

आइतबार यही बुँदामा असन्तुष्ट शेयर लगानीकर्ताले अर्थमन्त्रीसँग वार्ता गरेर पूँजीगत लाभकरलाई मात्र अन्तिम कर मानिने विषयमा सहमति भइसकेको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीलाई तीन प्रश्नः

– उसो भए घरजग्गामा चाहिँ के हुन्छ ?

शेयर बजारमा पूँजीगत लाभकरलाई अन्तिम मानिएपछि घरजग्गामा पनि सोही प्रावधान हुन्छ । हालसम्म शेयर बजार र घरजग्गामा पूँजीगत लाभकरमात्र लाग्दै आएको छ । हाल घरजग्गाको निःसर्गमा ५ वर्षभन्दा कम अवधिको लागि ७.५ प्रतिशतर ५ वर्षभन्दा बढी अवधिको लागि ५ प्रतिशत पूँजीकर लाग्ने व्यवस्था रहेको छ । प्राकृतिक व्यक्तिको हकमा यही नै अन्तिम कर हुने छ । एउटै बुँदामा भएको व्यवस्था कसरी फरक हुन्छ र !

– पूँजीगत लाभकरमात्र लाग्ने भए आयकरमा छुट भन्ने विषय सो बुँदामा कसरी पर्‍यो ?

सबैले आआफ्नो तरिकाले व्याख्या गरे । अब पछाडि नफर्कौं, शब्दमा नजाऔं । पूँजीगत लाभकरलाई अन्तिम कर मान्ने सहमति भएको छ । पहिला पनि कर बढाइएको होइन । यही विषय थियो ।

– बुँदा नम्बर २९ ले त तपाईंहरुको मनसाय आयकर पनि लगाउने देखिन्छ नि ?

हाम्रो मनसाय त्यस्तो होइन । कर बढाउन खोजेका हैनौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *