प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरणको विषयमा जवाफ दिने क्रममा संसदमा होहल्ला – Nepal Press

प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरणको विषयमा जवाफ दिने क्रममा संसदमा होहल्ला

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयमा जवाफ दिने क्रममा सदनमा होहल्ला भएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले फेरि सदनमा ल्याउने विकल्प भनेको अघिल्लो सदनले गरेको निर्णयको अपमान भएको बताए ।

त्यसलगत्तै एमालेका सांसद सूर्य थापाले आपत्ति जनाए । सांसद थापाको आपत्तिपछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच होहल्ला चल्यो । एमालेका अर्का सांसद रघु पन्तले अदालतले अन्तरिम आदेश दिइसकेको बेलामा प्रधानमन्त्रीले व्याख्या गर्न नमिल्ने बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर