रियलमी नार्जो एन ५५ र एन ५३ नेपाली बजारमा, कति पर्छ मूल्य ?
काठमाडौं । रियलमीले नेपालमा नयाँँ दुईवटा स्मार्टफोन मोडल नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरेको छ ।
कम्पनीले एन सिरिजले विविधता, नयाँपन र असिमित सम्भावना र कटिङ एज फिचरहरु, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त स्मार्टफोनले नयाँँ पुस्ताको मन जित्ने विश्वास लिएको छ ।
एन ५३ स्मार्टफोनमा ७.४९ इन्चको अल्ट्रा स्लिम बडी, नार्जो एन ५३ अहिलेसम्मकै स्लिम एन्ट्री लेभल राउन्डर, फोनमा भएको ६ जिबि र्यामलाई अर्को ६ जिबि सम्म बढाउन सकिने, ६.७४ इन्चको मिनी ड्रप फुल स्क्रिन र ९०.३ प्रतिशतको स्क्रिन-टु-बडी रेसियो, डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेट र फुलएचडि प्लस रेजोलुसन, ब्राइटनेस ४५० निटस, टच स्याम्प्लिङ् रेट १८० हर्ज, ३३ वाटको सुपर भोक चार्जिङ, ५ हजार एमएएचको शक्तिशाली ब्याट्रि, ५० एमपिको एआइ क्यामराले डिटेल्ड र उच्च गुणस्तरका तस्बिर खिच्ने लगायतका विशेष फिचरहरु रहेका छन् ।
त्यसैगरी, रियलमी नार्जो एन ५५ मा ३३ वाटको फास्ट चार्जिङ, ६४ एमपीको एआइ क्यामरा, मिडियाटेक हेलियो जि ८८ चिप सेट, माली जि ५२ जीपीयु र १२ एनएमको प्रोसेसिङ टेक्नोलोजी, ९० हर्जको रिफ्रेस रेट, फुल एचडि डिस्प्ले र पन्च होल स्क्रिन, ६.७२ इन्चको स्क्रिन र ९१.४ स्क्रिन-टु-बडी रेसियो, सेन्ट्रल्ली लोकेटेड पन्च होल, ०.७ म्याक्रोमिटरको बिग पिक्सेल साइज र १/२ इन्चको सेन्सर साइज युक्त ६४ एमपीको क्यामरा, २ एमपी रेजोलुसन युक्त ब्ल्याक एन्ड व्हाइट लेन्स भएको ८ एमपीको सेल्फी क्यामरा, बोके फ्लेयर प्रोटेक्सन, एआइ कलर प्रोटेक्सन र स्टारी मोडको साथै प्रो-लाइट इमेजिङ टेक्नोलोजी र ५ हजार एमएएच शक्तिशाली ब्याट्रि लगायतका विशेषता रहेका छन् ।
देशभरका अनलाइन र आधिकारिक विक्रेता मार्फत उपलब्ध रहेका दुबै स्मार्टफोनको मुल्य ‘नार्जो ५३’ मोडलको १५ हजार ९९९ र १८ हजार ९९९ रुपैयाँ रहेको छ भने ‘नार्जो एन ५५’ २० हजार ४९९ र २४ हजार ४९९ रुपैयाँ कायम गरिएको छ ।