विश्व वातावरण दिवसमा बिवाईडीले रोप्यो १५०० रुख
नेपाल प्रेस
२०८० जेठ २२ गते १७:५३
काठमाडौं । नेपालमा बिवाईडीको आधिकारिक वितरक साईमेक्स ईङकले विश्व वातावरण दिवसका अवसरमा १५०० रूख रोपेको छ ।
सोमबार ‘बुल्डिङ ड्रिमस एण्ड फोरेस्ट’ पहल अन्तगर्त क्रान्ति परियोजनाको सहयोगमा अभियान सुरु गरिएको हो ।
अभियानमा वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले अभियानको सुरुवातको प्रतीकका रुपमा पहिलो बिरुवा रोपेर उद्घाटन गरेका थिए । आज करिब २०० रुख रोपेर कार्यक्रमको समापन भएको छ भने बाँकी १३०० रुखहरू आगामी १५ दिनभित्रै टोलीले रोप्ने तालिका रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर