प्रतिवादीका वकिलको जिकिर- नक्कली शरणार्थी बन्न आफैँ उक्सेर आएकाहरूले पनि कानून तोडेका छन्
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादी तर्फका वकिलहरूको बहस सुरू भएको छ । अभियुक्त केशव दुलालको पक्षबाट बहस गरेका वकिलहरूले जाहेरवालाहरू आफैँ नक्कली भुटानी शरणार्थी बनेर जान उक्सेर आएको दाबी गरेका छन् ।
थापाले भने, ‘जाहेरवालाहरू आफैँ मलाई भुटानी शरणार्थी बनाइदेऊ भनेर उक्सेर आएका हुन् । इलिगल एक्ट गर्नका लागि प्रतिवादीहरूलाई जाहेरवालाले उत्प्रेरित गरेको हो ।’
नक्कली शरणार्थी बनेर अहिलेसम्म कोही पनि अमेरिका नपुगेको भन्दै उनले यो अपराध हुन नसक्ने तर्क गरे । यसअघि वादीतर्फका वकिलले पनि कानूनको उल्लंघन त पीडितले पनि गरेको छ नी भनेर प्रश्न गरेका थिए ।
दुलालकै पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले मान्छे पक्राउ गर्नेवित्तिकै सार्वजनिक गर्नु न्यायालयमाथि आक्रमण हुनुसरह भएको बताए ।
पक्राउ पर्नेवित्तिकै कुनैपनि व्यक्ति कसुरदार नहुने उल्लेख गर्दै उनले दोषी/निर्दोष छुट्याउने काम न्यायालयको मात्रै भएको बताए ।
उनले भने, ‘अभियोग दाबी गर्नु र मुद्दा स्थापित हुनु फरक हो । मुद्दा स्थापित प्रमाणले हुन्छ । तर, अभियोग हचुवाका भरमा लगाइएको छ । प्रमाणविना आरोप लगाइएको छ ।’
अर्का अधिवक्ता विश्वास आचार्य नगद पैसा लिएको कुरालाई आजसम्म अदालतले पुष्टि गर्न सकेको इतिहास नभएकोले प्रमाणले पुष्टि नगर्दा हचुवाको भरमा कसैलाई आरोप लगाउन नहुने जिकिर गरे ।
पैसा बुझाएको छु भन्ने भरमा मात्रै मुद्दा चलाएको उल्लेख गर्दै उनले यसलाई पुष्टि गर्ने आधार अरु नभएको उनको भनाइ थियो ।
अब कुरा धमिलो पानी बिस्तारै सङलीय जसरी नेपाली नागरिकलाइ नक्कली भुटानी शरर्णाथी बनाउने काण्डमा पक्राउ परेकाहरुको तर्फबाट उत्रिएका कानून व्यवसायीहरुले प्रस्तुत गरेका दलिलबाट स्पष्ट हुने लक्षण देखिन थालेको छ । एक बिचौलियाको बचाउमा वहस गरेका वकलिहरुले भनेका कुरा याद गरौँ “ मैले पैसा फलानोलाइ पैँसा दिएको हुँ,भनेको भरमा अदालतले प्रमाण मान्दैन र मानेका इतिहास पनि छैन । सरकारी वकिलहरुले पैँसा लेनदेन गरेको प्रमाण सहित मुद्दा दर्ता गरेका पनि छैनन । कुरा स्पष्ट हुने लक्षण देखिएन त ?