भारतको प्रधानमन्त्री संग्रहालयमा सजाइएका राजा महेन्द्रले नेहरुलाई दिएका उपहार – Nepal Press

भारतको प्रधानमन्त्री संग्रहालयमा सजाइएका राजा महेन्द्रले नेहरुलाई दिएका उपहार

काठमाडौं । साबिकको नेहरु संग्रहालय अहिले प्रधानमन्त्री संग्रहालयको रूपमा रूपान्तरण भएको छ।

प्रधानमन्त्री संग्रहालय भनिए पनि संग्रहालयमा प्रधानमन्त्री नभएका भारतीय स्वतन्त्रता युद्धका नायक सुवासचन्द्र बोशको पनि धेरै जानकारी सजाइएको छ।

सन २०२२ अप्रिल १४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको संग्रहालयको उद्घाटन बोर्ड संस्कृत, हिन्दी र अङ्ग्रेजी भाषा प्रयोग गरेर राखिएको छ।

संग्रहालयमा नेहरुदेखि इन्दिरा गान्धीका शयन कक्ष, पठन कक्ष देखि नेहरुले अन्तिम श्वास फेरेको ओछ्यान समेत राखिएको छ। संग्रहालयमा नेपाली राजा महेन्द्रले स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री नेहरुलाई दिएका उपहार समेत आकर्षक तरिकाले राखिएका छन् ।

नयाँ दिल्लीको तीन मूर्ति मार्गमा रहेको संग्रहालयमा हात्तीका दाह्रामा कला भरेर दिइएको उपहार देखी नेपाली मौलिक मन्दिरको काष्ठकलाको उपहार सजाइएका छन् ।

१५ प्रधानमन्त्री, ४३ ग्यालरी र आकर्षक डकुमेन्ट्री तथा आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर बनाइएको संग्रहालय दुई फरक फरक ठूल्ठूला भवनमा अवस्थित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *