इप्पानको अध्यक्षमा भिड्दै कार्की र मल्ल, पदाधिकारीमा को को ? – Nepal Press

इप्पानको अध्यक्षमा भिड्दै कार्की र मल्ल, पदाधिकारीमा को को ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २१औं वार्षिक साधारणसभा जेठ ३२ गते हुने भएको छ । निजी क्षेत्रमा सबैभन्दा धेरै लगानी रहेको ऊर्जा उत्पादकहरुको संस्था इप्पानको चुनावमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिवलगायतमा चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

अध्यक्षमा गणेश कार्की र किरण मल्लले उम्मेदवारी घोषणा गरेका छन् । कार्कीको प्यानलले लगभग उम्मेदवारहरु टुङ्गो लगाइसकेको छ ।

कार्कीले सिंगटी हाइड्रोपावर, बेनी हाइड्रोपावर, अपर खुदी हाइड्रोपावरमा प्रबन्ध निर्देशकका रुपमा कार्य गरेका छन् । उनी पिपुल्स हाइड्रोपावरका निर्देशकसमेत हुन् ।

मल्लले मिदिम खोला, युनियन हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष भई काम गरेका थिए । हाल युनियन, सोलु र तमोरलगायत हाइड्रोको नेतृत्व गरेका छन् ।

कार्कीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी, उपाध्यक्षमा भरत खत्री, रामप्रसाद आचार्य र आनन्द चौधरीलगायत छन् । महासचिवमा बलराम खतिवडाको उम्मेदवारी परेको छ । उपमहासचिवमा प्रकाश दुलालको उम्मेदवारी परेको छ । अन्यको भने टुंगो लाग्न बाँकी रहेको छ ।

त्यस्तै मल्ल प्यानल भने छलफलमा रहेको छ ।

साधारणसभाले इप्पानको ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । आजसम्म सदस्यता नवीकरण गर्ने समय रहेको इप्पानले बताएको छ । हाल इप्पान अध्यक्षमा कृष्णप्रसाद आचार्य रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर