सदनमा रविको प्रश्न- कुन नैतिकताले बजेट पास गर्नुहुन्छ ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई बजेट कुन नैतिकताले पास गर्नुहुन्छ ? भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफलको क्रममा उनले परम्पराको नाममा बहुमतले पेलेर जान खोजे त्यसको परिणाम देशले भोग्नुपर्ने चेतावनी दिए ।
उनले भने, ‘यसपटकको विकास बजेट डडेलधुरामा कति पार्नुभएको छ । नुवाकोट र गोरखामा कति पार्नुभएको छ ? एउटा गम्भीर प्रश्न खडा भएको छ । त्यसबारे म अर्थमन्त्रीको जवाफ चाहन्छु । अनि मधेशलाई किन बजेट घटाइयो ?’
उनले संसदमा भैँसी र राँगाको विषयमा बहस गरेर कता जाँदैछौं भनेर प्रश्न गरे । रविले संसदमा आफ्नो पार्टीबाट भएको गल्तीप्रति आत्मआलोचनासमेत गरे ।