भीम र आसिफ आउट हुँदा नेपालले गुमायो तेस्रो विकेट
नेपाल प्रेस
२०८० जेठ २५ गते १४:५७
काठमाडौं । स्कटल्यान्डविरुद्ध पहिलो अभ्यास खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
दक्षिण अफ्रिकामा जारी खेलमा नेपाल टस हारेर पहिला ब्याटिङमा उत्रिएको थियो । ८.१ ओभरमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले ११ ओभरको समाप्तिमा तेस्रो विकेट गुमाइसकेको छ ।
कुशल आउट भएपछि क्रिजमा आएका भिम सार्की र त्यसपछि आएका आसिफ आउट हुँदा नेपालले तेस्रो विकेट गुमाएको हो ।
जिम्बावेमा जुन १८ देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको नेपाली टिमले जुन १० मा नेदरल्यान्ड्सँग दोस्रो अभ्यास खेल खेल्नेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर