२८.५ ओभरमा अलआउट हुँदै नेपालले स्कटल्यान्डलाई दियो १३३ रनको लक्ष्य – Nepal Press

२८.५ ओभरमा अलआउट हुँदै नेपालले स्कटल्यान्डलाई दियो १३३ रनको लक्ष्य

काठमाडौं । विश्वकपको ग्लोबल छनोटको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई १३३ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको टक्स ओभलमा टस हारेर ब्याटिङ थालेको नेपालले २८.५ ओभरमा सबै विकेट गुमाउनुअघि १३२ रनको मात्रै योगफल बनाउन सक्यो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन जोडे । कुशलले २६ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । यस्तै, ३६ बलमा पाँच चौकासहित २८ रन बनाएर पभिलियन फर्किँदा कुशल भुर्तेलले १६ रन जोडे । यस्तै दीपेन्द्रसिंह ऐरीले १३ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेकनन् ।

बलिङतर्फ स्कटल्यान्डका ज्याक हार्भिस र ब्रान्डन म्याकमुलेनले सर्वाधिक तीन-तीन विकेट लिए । नेपालले अर्को अभ्यास खेल जुन १० मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर