उपसभामुख र उपनेतामाथि भएको आक्रमणको एमाले संसदीय दल कोशीद्वारा भर्त्सना – Nepal Press

उपसभामुख र उपनेतामाथि भएको आक्रमणको एमाले संसदीय दल कोशीद्वारा भर्त्सना

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले कोशी प्रदेशका उपसभामुख सृजना दनुवार र एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानामाथि भएको आक्रमणको विरोध गरेको छ ।

एमाले कोशी प्रदेश संसदीय दलले पहिचानवादीका नाममा उपसभामुख दनुवारलाई उदयपुरमा र उपनेता राना मगरमाथि इलाममा भएको आक्रमण प्रति भर्त्र्सना गर्दै यस्ता कार्य नगर्न अनुरोध र आग्रह गरेको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले कोशी प्रदेशमा शान्ति सुरक्षाको अवस्था कमजोर भएको भन्दै तत्काल शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

समाजमा अमन चयन कायम गर्ने, शान्ति सुरक्षा कायम गर्ने सङ्घीय सरकारको दायित्व हो, एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले भने, शान्ति सुरक्षा कायम गर्न सङ्घीय सरकार चुक्दै गएको देखिन्छ ।

प्रमुख सचेतक भण्डारीले शान्ति सुरक्षा कायम गर्न सरकारसँग माग गरेका छन् । उनले प्रदेशको नामकरणलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीहरूलाई वार्ताको टेबुलबाट समस्याको समाधान खोज्न समेत अनुरोध र आग्रह गरेका छन् ।

‘सरकारले समस्याको समाधान गर्नका लागि वार्ता टोली गठन गरेको छ’, उनले भने, ‘वार्तामा आएर समस्याको समाधान वार्ता, संवाद र छलफलबाट खोज्न हामी आग्रह गर्दछौ ।’

एमाले कोशी प्रदेश संसदीय दलका नेता राम राना माथि इलामबाट विराटनगर फर्कने क्रममा इलाममा र उप सभामुख दनुवारलाई उदयपुरको गाईघाटमा बिहीबार आक्रमण भएको छ ।

आक्रमणबाट दुवै जनालाई चोट नलागे पनि सवार गाडीमा भने क्षति पुगेको छ ।


प्रतिक्रिया

One thought on “उपसभामुख र उपनेतामाथि भएको आक्रमणको एमाले संसदीय दल कोशीद्वारा भर्त्सना

  1. आक्रमणमा संलग्नलाई गृहमन्त्रीले कारवाही नगरे एमालेका कार्यकर्ताले ती गुण्डाका घरमा गएर घिसारेर सार्वजनिक ठाउँमा ल्याएर माफी माग्न लगाउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर