शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल (भिडिओ) – Nepal Press

शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उनले पैसामा लोभिने, जनतालाई पीडा दिने शोषक सामन्त जाली फटाहा पूँजीवादी बढेको र इमान्दार पिल्सिरहनुपर्ने अवस्था भएकाले त्यसलाई आफूहरूले परिवर्तन गर्न चाहेको पनि बताए ।

पार्टीनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको काठमाडौंमा सुरू प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले कोही कसैमाथि आग्रह पूर्वाग्रह नराखी आफ्नो जिम्मेवारी निभाउन पत्रकारसँग आग्रह गरेका छन् ।

नेपालले संविधानमाथि आँच आउने कुनै पनि क्रियाकलाप भए त्यसका विरुद्ध कलम चलाउन अनुरोध गरे ।

नेपालले भने, ‘असल कामको चर्चा होस् । समाजमा सबै सकारात्मक-नकारात्मक कुरा हुन्छन् सबै आवस् । आग्रह पूर्वाग्रह गर्नुपर्ने कुनै आवश्यकता छैन । संविधानको रक्षा गर्ने गरी काम गर्नुपर्छ’, उनले भने ।

नेपालले नेपालको संविधानले सबै हक अधिकारको प्रत्याभूत गरेकाले रक्षा गर्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो संविधानले संघीयता, गणतन्त्रलाई सुनिश्चित गरेको छ । समाजवादमुखी अर्थतन्त्रको मान्यतालाई अघि सारेको छ । संविधानमाथि आँच आउने कुनै पनि क्रियाकलाप अघि बढ्छ भने त्यसका विरुद्ध कलम चलाउनुहोस् । जनतामा चेतना, देशको स्वाभिमान रक्षाका लागि निरन्तर लाग्नुस् । हाम्रो साथ र सहयोग रहन्छ । ‘


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर