काठमाडौंपूर्वका १३ जिल्लाका लागि जडिबुटीमै बसपार्क बनाइनुपर्छ : सांसद सापकोटा – Nepal Press

काठमाडौंपूर्वका १३ जिल्लाका लागि जडिबुटीमै बसपार्क बनाइनुपर्छ : सांसद सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले काठमाडौं पूर्वका १३ जिल्लाका लागि जडिबुटीबाटै बसपार्क सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै काठमाडौंपूर्वका सिन्धुपाल्चोक, काभ्रे, दोलखा रामेछापलगायतका १३ जिल्लाका लागि जडिबुटीबाटै बस सञ्चालन हुनुपर्ने बताएका हुन् ।

उनले भने ‘लामो समयदेखि यात्रुरुहरूलाई सेवा दिइरहेका पूर्व अरनिको यातायात पहिले रत्नपाकस्थित पुरानो बसपार्कबाट सेवा दिइरहेको थियो । ७३ सालदेखि त्यहाँ महानगरको टावर निर्माण भइरहेको छ, केही समय टुँडिखेलमा बसपार्क सर्‍यो, अहिले ती बसलाई कतै पार्क छैन । यात्रु र मजदुरलाई निकै हैरानी छ ।’

हालै काठमाडौं महानगरपालिकाले यातायातलाई गंगबुबाटै सेवा सञ्चालन गर्न गरेको सूचना अव्यवहारिक भएको बताए ।

उनले थपे, ‘यातायात समितिले महानगरका मेयरसमेतको परामर्शमा आफ्नै पहलमा जडीबुटीमा बसपार्क निर्माण र सञ्चालनको तयारी गरिरहँदा हालै काठमाडौ महानगरपालिकाले उपत्यका बाहिर जाने लामो र मध्यम दूरीमा चल्ने यात्रुबसले आगामी असार १ गतेदेखि गोङ्गबुस्थित नयाँ बसपार्कबाट छुट्नुपर्ने र जडिबुटीदेखि गंगबुसम्म रोक्नै नपाउने बाध्यकारी व्यवस्थाको सूचना गरेको छ । टिकट काट्न पनि त्यहीँ पुग्नुपर्ने नियम झनै अव्यावहारिक छ ।’

जडिबुटीमा आएका बस गंगबु पुग्नैपर्ने बाध्यकारी व्यवस्थाको अन्त्य गरी जडिबुडी बसपार्क यथासक्य सम्पन्न गरी सञ्चालनमा ल्याउन सापकोटाले सम्बन्धित मन्त्रालय र काठमाडौं महानगरको ध्यानाकर्षण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर