एमालेको पश्चगामी निर्णय !
नेकपा एमालेको जेठ १९ गते सम्पन्न सचिवालय बैठकले एउटा निर्णय गर्यो । जसले दूरगामी प्रभाव पार्ने देखिन्छ । जुन निर्णयले पार्टीको हितभन्दा पनि अहित हुने छाँटकाँट देखिइसक्यो । एमालेले आठौं महाधिवेशनदेखि पार्टीका कार्यकारी कमिटीहरुमा बस्न ७० वर्षे उमेर हद लागू गरेको थियो । नेकपा एमालेले कार्यकारी कमिटीमा लगाएको ७० वर्षे उमेर हद हटाएको छ । सचिवालय बैठकले गरेको त्यो निर्णय विधान महाधिवेशनमा लाने प्रस्ताव गरिएको छ ।
के छ एमालेको विधानमा ?
एमालेको विधानको धारा ६४ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी/सदस्यमा निर्वाचित/मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था छ । त्यस्तै ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन/अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने प्रावधान राखिएको छ ।
एमालेको वर्तमान विधानमा संशोधनको तीनवटा अवस्था रहेको छः
१. केन्द्रीय कमिटीले विधान संशोधनसम्बन्धी लिखित प्रस्ताव विधान महाधिवेशनसमक्ष प्रस्तुत गर्नुपर्नेछ ।
२. केन्द्रीय कमिटीले विधान महाधिवेशन सुरू हुनुभन्दा एक महिना अगाडि नै मातहत कमिटी र सदस्यहरूसमक्ष विधान संशोधनसम्बन्धी प्रस्ताव छलफलका लागि पठाउनु पर्नेछ ।
३. विधानमा संशोधन पेश गर्न चाहने प्रदेश वा स्थानीय कमिटी वा सदस्यले लिखित सुझाव तोकिएबमोजिम केन्द्रीय कमिटीसमक्ष प्रस्तुत गर्नु पर्नेछ । यस्तो सुझावका सम्बन्धमा केन्द्रीय कमिटीले आवश्यक निर्णय गर्नेछ ।
एमाले पोलिटव्युरो सदस्य अरुण नेपालले त सामाजिक सञ्जालमार्फत रोष प्रकट गरिसके । एमालेका धेरै नेता/कार्यकर्ताहरु यो निर्णयबाट निराश बनेका छन् ।
७० वर्ष उमेर पार गरेकाले न्यौपानेलाई केन्द्रीय कमिटीमा ल्याउन विधान संशोधन गर्नुपरेको एमालेका केही नेताहरूको तर्क छ । तर, मुकुन्द न्यौपानेलाई देखाउँदै केपी ओली, ईश्वर पोखरेल, सुवास नेम्वाङ आदिलाई सजिलो पारेको बुझ्न भने कठिन छैन ।
एमालेले किन गर्यो यस्तो निर्णय ?
गत चैत २६ गते नेकपा एकीकृत समाजवादी परित्याग गरी एमाले फर्किएका पार्टी संस्थापकमध्ये एक मुकुन्द न्यौपानेलाई जिम्मेवारी दिन विधान बाधक थियो । ७० वर्ष उमेर पार गरेकाले न्यौपानेलाई केन्द्रीय कमिटीमा ल्याउन विधान संशोधन गर्नुपरेको एमालेका केही नेताहरूको तर्क छ । तर, मुकुन्द न्यौपानेलाई देखाउँदै केपी ओली, ईश्वर पोखरेल, सुवास नेम्वाङ आदिलाई सजिलो पारेको बुझ्न भने कठिन छैन ।
यो निर्णयको फाइदा/बेफाइदा के होला ?
निश्चय पनि यो निर्णयले एमालेलाई फाइदा होइन बेफाइदा नै हुने देखिन्छ ।
- अहिले राजनीतिमा चासो राख्ने युवाहरुको संख्या बढिरहेको छ । सँगै हामीले बुझ्नुपर्ने कुरा के हो भने १२ कक्षा पास गरेर बाहिर जानबाट वञ्चित भएका अरु केही युवाहरुबाहेक, भिसा नलागेका र नेपालमै केही गर्नुपर्छ भन्नेबाहेक अधिकांश बाहिर छन् ।
- केही युवाहरु देशमा नै सकेको काम गर्ने भन्दै नेपालमा फर्किएका छन् । तिनको संख्या नगण्य छ ।तीमध्ये राजनीतिमा चासो राख्ने कम नै छन् । यही पारा हो भने केही वर्षपछि युवाहरुविनाको देश हुन बेर छैन ।
- राजनीतिमा चासो राख्ने युवाहरु पनि अहिले पुरानाभन्दा नयाँ पार्टीप्रति बढी आकर्षित हुनुले गर्दा पनि पुराना पार्टीहरु अझ एमालेलाई झनै गाह्रो छ ।
- उमेर हदबन्दी हटाउँदा एमालेमा दोस्रो, तेस्रो पुस्ताको पालो कहिले आउने ?
- राजनीतिमा चासो राख्ने युवाहरुले मानौं, एमाले नै रोजे रे ! ती युवाले पार्टीमा नेतृत्व गर्ने अवसर कहिले पाउने ?
तर्कशास्त्रीहरुले विभिन्न तर्क गर्न सक्छन् पार्टी एजले होइन एजेण्डाले चल्ने हो भनेर । हो पनि, पार्टी चल्ने एजेन्डाले नै हो । तर, सार्वजनिक कार्यक्रममा र्याल काढ्दै दिउँसै झुम्म भएर निदाउनेहरुले, बिहान बोलेको कुरा दिउँसो भुल्ने नेताहरुले एजेण्डामा आधारित भएर कसरी राजनीति गर्न सक्लान् ? पार्टीलाई कसरी अगाडि बढाउलान् ? देशलाई अनि राजनीतिलाई सही दिशामा कसरी डोर्याउन सक्लान् ?
एमाले नेतृत्वले दोस्रो, तेस्रो र युवा भनिने पुस्ताको नाडी छामिसक्यो । अहिले नयाँ पुस्ता भक्तिगान गाउन, चाकरी गर्न, चम्चे, ढोके, हुक्के बन्न लायक छन् र नेतृत्व गर्न सक्षम छैनन् भन्ने बुझेर नै यसो गरिएको हो ।
अमेरिकाको राष्ट्रपतिको उदाहरण दिन सक्छन्, विशिष्ट परिस्थितिमा केही अपवादको रुपमा नेतृत्व गर्न सक्छन् । त्यही अमेरिकामा पनि बाराक ओबामा कति वर्षको उमेरमा राष्ट्रपति भएका थिए ? अमेरिकाको मात्र के कुरा नेपालकै कुरा गरौं, बीपी कोइराला कति वर्षमा प्रम भएका थिए ? तत्कालीन मालेमा मदन भण्डारी महासचिव हुँदा कति वर्षका थिए ? यस्ता उदाहरण त कति छन् कति !
एमाले छोडेका ७० कटेका नेताहरुलाई पार्टीमा भित्र्याउन यो व्यवस्था गरिएको हो भनेर बुझ्न कठिन छैन । ७० कटेकाहरुले ३०/४० वर्षसरह नेतृत्व दिन सक्छन् त ? पक्कै सक्दैनन् । हो, उनीहरुमा राजनीतिक अनुभव ज्यादा छ । पञ्चायतकालदेखि संघर्ष गरे, दुःख गरे । त्यो अनुभव नयाँ पुस्तामा छैन । तर, अबको राजनीतिमा उहिले यसो गरियो भनेर केही अर्थ छैन ।
५० वर्षअघिको कोरिया र हाम्रो अवस्था लगभग उस्तै थियो । अहिले हाम्रो र कोरियाको स्थिति हेराैं त ! कोरियाको के कुरा गर्नु केही वर्षपछि हामीलाई भूटानले उछिन्नेछ । अनि हामी चैं राजनीति सग्लेला भनेर बसिरहनेछौं । देश समृद्ध बनाउन युवाहरुलाई पलायनबाट रोक्ने कि थप अधोगतिमा लगिरहने ?
पछिल्लो समयमा एमालेका कार्यकर्ताहरुमा पठन÷अध्ययन संस्कृतिमा धेरै कमी आउनु, आलोचनात्मक चेत शून्य हुनु, पद पाउन विवेक बन्धकी राखेर चाकरीबाजमा रमाउनु आदि हर्कतले पनि नेतृत्वले नयाँ पुस्तामा भरोसा गर्न नसकेको प्रस्ट बुझिन्छ ।
र, अन्त्यमा
एमाले नेतृत्वले दोस्रो, तेस्रो र युवा भनिने पुस्ताको नाडी छामिसक्यो । अहिले नयाँ पुस्ता भक्तिगान गाउन, चाकरी गर्न, चम्चे, ढोके, हुक्के बन्न लायक छन् र नेतृत्व गर्न सक्षम छैनन् भन्ने बुझेर नै यसो गरिएको हो । यद्यपि सबैजनालाई एउटै डालोमा हाल्न त मिल्दैन । तर, अधिकांशको मनस्थिति बुझेर नै नेतृत्वले यसो गरेको हो ।
पछिल्लो समयमा एमालेका कार्यकर्ताहरुमा पठन/अध्ययन संस्कृतिमा धेरै कमी आउनु, आलोचनात्मक चेत शून्य हुनु, पद पाउन विवेक बन्धकी राखेर चाकरीबाजमा रमाउनु आदि हर्कतले पनि नेतृत्वले नयाँ पुस्तामा भरोसा गर्न नसकेको प्रस्ट बुझिन्छ । जीवनको अन्तिम अवस्थासम्म पद नछोड्ने नेपाली कांग्रेसका नेताहरु गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाको दिशामा एमाले नेताहरु लागेका त हैनन् भन्ने यो निर्णयपछि शंका गर्ने प्रशस्त ठाउँ दिएका छ ।
एमालेको पूँजी भनेकै पार्टीमा मजबुत आन्तरिक लोकतन्त्र हरेक ठाउँमा संगठन, आलोचनात्मक चेत राख्ने कार्यकर्ता, अध्ययनशील, नैतिकवान, चरित्रवान, आर्थिक रुपमा अपचलन नभएका कार्यकर्ताको कारण नै एमाले समाजमा विश्वासिलो पार्टी थियो । तर, अहिले त्यसमा क्रमशः ह्रास आइरहेको छ । एमाले नेतृत्वले २-४ जना पुरानो पुस्ताको नेता पार्टीमा ल्याउने र आफूले नेतृत्व गरिरहने नाउँमा यो निर्णय कार्यान्वयन गर्यो भने २०८४ को निर्वाचनमा एमाले झनै खुम्चिने पक्का छ । २०७४ मा ३२ लाख आसपास भोट पाएको पार्टी २०७९ मा आइपुग्दा २८ लाखमा झरेको कुरा नेताहरुले किन बुझ्न सक्दैनन् ?
Very good article.
४० वर्षदेखि कब्जा गरेको प्रचण्ड फैलने, ८१ वर्षको देउवा अझै दुई कार्यकाल खान हिंडदा काँग्रेस फैलने अनि एमालेको ७० को व्यवस्था हटाउने बितिक्कै खुम्चने भन्ने तर्क कतै दलाली गर्ने मनसायले आएको त होईन ?