बजेटका अव्यवहारिक व्यवस्था संशोधन गर्न सरकारसँग व्यवसायीको माग – Nepal Press

बजेटका अव्यवहारिक व्यवस्था संशोधन गर्न सरकारसँग व्यवसायीको माग

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बजेटले गरेका कतिपय व्यवस्थामा आपत्ति जनाउँदै संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. पोषराज पाण्डेसँग भेट गरी सो आग्रह गरेको हो ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बजेट मार्फत सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर लगाउने विषयमा गरेको घोषणामा गम्भीर ध्यानाकर्षण बताएका छन् । सुनचाँदी व्यवसायमा आबद्ध तीनवटै महासंघले यसअघि नै तत्काल उक्त कर लगाउने घोषणा फिर्ता माग गरिसकेका छन् ।

भेटका क्रममा बजेटले गरेको व्यवस्था आम सुनचाँदी व्यवसायीको हित विपरीत भएको ठहर समेत महासंघले गरेको छ । विदेशबाट आउने पुरुषले २५ ग्राम र महिलाले ५० ग्राम सुनका गहना ल्याउन पाउने र त्यसमा पनि रसायन सहितका गरगहना हुनुपर्ने विभेदकारी नीति अवलम्बन गरेकोमा व्यवसायीले विरोध गरेका छन् ।

व्यवसायीसँगको भेटका क्रममा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा। पाण्डेले व्यवसायका मागलाई सम्बोधन गर्न पहल गरिने बताए । भसार विभागका महानिर्देशक शोभाकान्त पौडेलले व्यवसायीले उठाएका जायज मागलाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।

भेटका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, उपाध्यक्ष विपिन रामुदामु, शिव सर्राफ, महासचिव धर्मशुन्दर बज्राचार्य, प्रवक्ता मनोज साह लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *