‘ग्यालेक्सी एफ ५४’ नेपाली बजारमा, कति पर्छ मुल्य ? – Nepal Press

‘ग्यालेक्सी एफ ५४’ नेपाली बजारमा, कति पर्छ मुल्य ?

काठमाडौं । सामसङले नयाँ ‘ग्यालेक्सी एफ ५४’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले नयाँ हाइ-रेन्ज स्मार्टफोनमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइनका साथ बजारमा स्मार्टफोन सार्वजनिक गरेको हो ।

स्मार्टफोनमा ६.७ सुपर एमोलेड प्लस डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट, ८ जीबी र्याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरीको साथ उपलब्ध छ ।

यसमा रहेको १०८ एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा-वाइड र २ एमपी म्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल-लेन्स सेटअप, अगाडी रहेको ३२ मेगा पिक्सेल लेन्स क्यामेरा प्रयोग गरी हाइ क्वालिटीको सेल्फी, भिडियो, र भिडियो कलहरू गर्न सकिन्छ ।

यस्तै, अक्टा-कोर एक्सिनोस १३८० चिपसेट जडित, ६ हजार एमएएच ब्याट्री, २५वाटको सुपर-फास्ट चर्जर, ४ जेनेरेसन सम्म ओएस अपग्रेड र ५ वर्ष सम्मको ग्यारेन्टीड सुरक्षा अपडेट रहेको कम्पनीले खुलाएको छ ।

हाल बजारमा यसको मुल्य ५२ हाजर ४९९ रुपैयाँमा कायम गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *