आजको विनिमय दर : अमेरिकन डलर स्थिर हुँदा युरोको भाउ बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन डलरको मूल्य हिजो तुलनामा स्थिर रहेको छ भने युरोका भाउ १३ पैसा बढेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३१।६५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२।२५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१।५१ रुपैयाँ रहेको छ भने बिक्री दर १४२।१६ रुपैयाँ रहेको छ ।
हिजो डलरको खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १३२ रुपैयाँ २५ पैसा रहेको थियो भाने युरो एकको खरिद दर १४१ रुपैयाँ ६४ पैसा र बिक्री दर १४१ रुपैयाँ २९ पैसा रहेको थियो ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४९ पैसा र बिक्री दर १६६ रुपैयाँ २४ पैसा तोकिएको छ ।
यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ७३ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैसा रहेको छ ।
जापानिज येन १० को खरिददर भने ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८.५३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६६ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १० पैसा र बिक्रीमा ३५ रुपैयाँ २६ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १४ पैसा र बिक्री दर ३६ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।