संसदीय सुनुवाइ समिति बैठक : प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध परेका उजुरी अध्ययन हुने – Nepal Press

संसदीय सुनुवाइ समिति बैठक : प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध परेका उजुरी अध्ययन हुने

काठमाडौं । आज संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीको अध्ययन गर्न बैठक बोलाइएको हो ।

कार्कीविरुद्ध समितिमा परेका उजुरी अध्ययन गर्ने र आवश्यकता अनुसार उजुरीकर्तालाई छलफलमा बोलाइने समिति सदस्य तथा नेकपा एमालेका सचेतक महेश बर्तौलाले बताए ।

उजुरीमाथिको अध्ययन र छलफल भएपछि यहि साता कार्कीलाई समितिमा बाेलाउने तयारी पनि गरिएको छ ।

हिजो मात्रै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई न्याय परिषद्ले अनिवार्य अवकाशको मिति सम्झाएको थियो ।

न्याय परिषद् सचिवालयले आइतबार एक पत्र पठाउँदै ६५ वर्षे उमेर हदका कारण आगामी साउन २० देखि अनिवार्य अवकाश पाउन लागेको जानकारी गराएको हो ।

कार्कीविरुद्ध जेठ १६ गते १० दिनभित्र उजुरी आह्वान गरिएसँगै प्रक्रिया अगाडि बढेको थियो ।

कानूनतः अवकाशको एक महिना अघिदेखिनै प्रधानन्यायाधीशले इजलासमा बस्न पाउँदैनन् ।

उजुरीमाथि छानबिन र त्यसउपर कार्कीको जवाफको प्रक्रिया बाँकी नै रहेकाले उनलाई नियुक्ति गर्न अझै केही दिन लाग्नेछ ।

उमेरहदका कारण अवकाश मिति नजिकिएकाले कार्कीले एक महिना पनि प्रधानन्यायाधीश बन्न नपाउने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *