नेपाल उत्पीडित जातीय मुक्ति समाज बागमती प्रदेशको अध्यक्षमा नवीन घतानी चयन
नेपाल प्रेस
२०८० जेठ २९ गते १२:३२
काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज बागमती प्रदेशको अध्यक्षमा नवीन घतानी चयन भएका छन् ।
समाजको प्रथम सम्मेलनबाट बागमती प्रदेश आयोजक कमिटी सदस्य रहेका सिन्धुपाल्चोकका घतानीको अध्यक्षमा ७७ सदस्यीय बागमती प्रदेश समिति गठन भएको हो ।
उपाध्यक्षमा सन्तबहादुर विक (चितवन) र नारायण दुलाल (नुवाकोट) सचिवमा रामचन्द्र मिजार (धादिङ), उपसचिवमा किरण खाती (दोलखा), र दीपेश परियार (काभ्रेपलाञ्चोक) तथा कोषाध्यक्ष चन्द्रमान रोक्का (काठमाडौं) चयन भएका छन् ।
दुई उपाध्यक्ष र दुई उपसचिवमेत गरेर ७ सदस्यीय पदाधिकारीमा महिलाको संख्या भने शून्य रहेको छ ।
प्रतिक्रिया