नेप्से परिसूचक सामान्य अंकले वृद्धि
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से सामान्य अंकले बढेको छ । आइतबार ४० अंकले बढेको बजारमा आज ७.७९ अंकले उकालो लाग्दै १९८७.८७ बिन्दुमा कायम भएको छ ।
यस दिन ७४ लाख ५४ हाजर ७ कित्ता सेयरको खरिदबिक्री हुँदा २ अर्ब ८८ कारोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अभियान लघुवित्त वित्तीय संस्था र कालिन्चोक दर्शन लिमीटेडको शेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ ।
त्यसैगरी, कारोबारका आधारमा आज सोल्टी होटल्स १५ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । उपसमूह तर्फ रहने १३ वटा समुहमा ६ समूहको सेयरमुल्य बढेको छ भने बाकि ७ को सेयरमुल्य घटेको छ ।