गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब दिँदै प्रदेशसभा घेराउ (भिडिओ) – Nepal Press

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब दिँदै प्रदेशसभा घेराउ (भिडिओ)

कैलाली । कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब दिँदै सुदूरपश्चिम प्रदेशसभा घेराउ गरिएको छ । विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज प्रदेश सभा भवन बाहिर नाराबाजी गर्दै घेराउ गरेको हो ।

आज प्रदेशसभा बैठक बस्दैछ । त्यसअघिबाटै प्रदेशसभा भवन बाहिर नाराबाजी गर्दै घेराउ गरिएको हो ।

२०७९ साल माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर, सरकारले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरू गरिएको हो ।

हिजो प्रदेश बन्द गरिएको थियो भने आज नाराबाजी र प्रदेशसभा घेराउ गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *