स्वर्गद्वारीबाट फर्केको कार दुर्घटनामा तीन बालबालिकासहित ८ जनाको मृत्यु – Nepal Press

स्वर्गद्वारीबाट फर्केको कार दुर्घटनामा तीन बालबालिकासहित ८ जनाको मृत्यु

दाङ । स्वर्गद्वारी मन्दिरको दर्शन गरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार आज दिउँसो भीरबाट खस्दा ८ जनाको मृत्यु लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले जानकारी दिए ।

उनका अनुसार शव अस्पताल लग्ने तयारी भइ रहेको छ । लमही ५ का चालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान खुलेको छैन् । घटनाको थप विवरण आउन बाँकी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर