२ खर्ब ४० अर्ब ऋण उठाउन सक्नेले आर्थिक माफियालाई कारबाही गर्ने हिम्मत राख्नुपर्छ : प्रेम सुवाल (भिडिओ)
काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले पशुपतिमा नौ रोपनी बनेको भवन सरकारले ४१ रुपैयाँ भाडामा दिएपनि उनीहरुले महिनाको १५ लाख उठाउने गरेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रश्न गर्दै भने, ‘उनीहरुलाई कारवाही गर्ने कुरा बजेटमा आएको छैन। अनि ऋण लिने? जनतालाई बोकाउने?’
आलु प्याज आफैं उत्पादन गरेर आत्मनिर्भर बन्न जोड दिए। उनले जनताबाट कर उठाएर ब्याज व्यापारीलाई खुवाएको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘हामीले २ खर्ब ४० अर्ब ऋण उठाउँने विधेयक पेश भएको छ । हामीले आर्थिक माफियाहरुलाई कारवाही गर्न सकेको खण्डमा ऋण लिनु पर्दैन । ऋण त आर्थिक माफियाले नै सरकारले बेच्ने हो नि ऋणपत्र । अनि सारा जनताबाट कर उठाएर उनीहरुलाई ब्याज खुवाउने त्यसकारण ऋण उठाउन नपर्ने केही विषय राख्न चाहन्छु, । एनसेलले अस्ति भर्खरै एक खर्ब पाउने भयो भन्ने कुरा आयो । तर, ४५ करोड तिर्नुपर्नै भयो रे। कसले गर्दा कसले गर्दा? सञ्चारमन्त्रदेखि सरकारी अधिकारीको कारणले ४५ करोड तिर्नुपर्यो । उहाँहरुसँगै असुल गराउने नि। त्यसो गरे उहाँहरुसँग ४५ करोड ऋण कम लिए पुग्छ नि । जसले जसले गल्ती गर्यो ।’