पाल्पा र अर्घाखाँचीपछि बालाजी सिमेन्ट भारत निर्यात – Nepal Press

पाल्पा र अर्घाखाँचीपछि बालाजी सिमेन्ट भारत निर्यात

काठमाडौं । पछिल्लो समय नेपालबाट सिमेन्ट निर्यात वृद्धि हुँदै गएको छ । सुरुमा पाल्पा सिमेन्ट इन्डस्ट्रिजले सिमेन्ट भारत निर्यात गरेको थियो । त्यसपछि अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादन भारत निर्यात गरेको थियो ।

अहिले बालाजी सिमेन्टले पनि आफ्नो उत्पादन भारत निर्यात सुरु गरेको छ । चन्द्रौटामा रहेको बालाजी सिमेन्टले सोमबारबाट भारत निर्यात सुरु गरेको हो । सो कम्पनीले बाहुबली तथा सृष्टि ब्राण्डका पीपीसी सिमेन्ट भारत निर्यात सुरु भएको जनाएकाे छ ।

भारत सरकारको गुणस्तर विभागद्वारा ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बीआईएस) पाएपछि सिमेन्ट भारत निर्यात गरेको उद्योग सञ्चालक ऋषिकेश अग्रवालले जानकारी दिए । कम्पनीले आज ४२ टन सिमेन्ट निर्यात गरेको छ ।

नेपालमा करिब १ सयभन्दा बढी सिमेन्ट उद्योग भए पनि हाल करिब ६० वटा सञ्चालनमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *