थाहा-३ का वडाध्यक्ष हिरेन्द्रले पनि राखे ‘ग्रेटर नेपाल’ को नक्सा – Nepal Press

थाहा-३ का वडाध्यक्ष हिरेन्द्रले पनि राखे ‘ग्रेटर नेपाल’ को नक्सा

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष हिरेन्द्रकुमार रायमाझीले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले ‘ग्रेटर नेपाल’ को नक्सा राखेपछि देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले पनि नक्सा राख्ने क्रम बढेको छ ।

वडाध्यक्ष रायमाझीको आफ्नो कार्यकक्षमा किसानका तस्वीर तथा ‘थाहा’ अभियानका प्रणेता रुपचन्द्र विष्टको समेत तस्वीरसमेत राखेका छन् ।

भारतले नयाँ संसद भवनमा नेपाली भू-भाग रुपन्देही, कपिलवस्तुसहितको अखण्ड भारतको नक्सा सार्वजनिक गरेपछि त्यसको प्रतिउत्तरमा नेपालमा ग्रेटर नक्सा राख्ने क्रम बढेको हो ।

नेपाल कुनै समय पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म फैलिएको थियो । ब्रिटिस भारतसँग सुगौली सन्धिमा क्रममा नेपालले ती भूमि गुमाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर