दुजाङको वक्तव्य- कालोमोसो दल्नेमा नेविसंघ संलग्न छैन, संलग्नहरू आफैं जिम्मेवार छन्
काठमाडौं । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग प्रमुख महेश दाहालमाथि भएको दुर्व्यवहारको घटनामा नेविसंघको कुनै संलग्नता नभएको दाबी गरेका छन् ।
अध्यक्ष शेर्पाले एक विज्ञप्ति जारी गर्दै संलग्न व्यक्ति आफैं जिम्मेवार भएको बताए।
शिक्षालयभित्र भएका यस्ता हर्कत गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउन नेविसंघ केन्द्रीय समिति, गृहमन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयसमक्ष माग गरेका छन् । भ्रामक ढंगले नेविसंघको नाम जोडेर भएका गतिविधि छानबिन गरी एक हप्ताभित्र सत्यतथ्यसहित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउन ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिको संयोजकमा दिनेश शाही, दीपेन रौनियार र दीपेन घले छन् । दाहाललाई हिजो कालो मोसो दलिएको थियो भने चलाउनेलाई ज्यान मार्ने नियतले सांघातिक हमला गरिएको थियो ।
कालोमोसो दल्लेलाई चारपाटा मुडेर चार शहर घुमाउँ । अनि यी नेबिसंघ नामका गुण्डा बोले भने तिनलाई पनि संगै घुमाउ ।
नेविसंघ सेमी मण्डले र अपराधी संस्थाहरूको नाइके हो ।