एक महिना : तिम्रो ३० दिन, मेरो २५ किन ?
११ वर्षको हुँदो हुँ । गाउँमा अहिले जस्तो पानीको सहज सुविधा थिएन । नुहाउन पँधेरो जानुपर्थ्यो । लाइन लागेर पानी कुर्थ्योँ हामी । सामूहिक पँधेरो । शनिबारको दिन गाउँभरका सबैजना भिड हुन्थ्यो । लाग्थ्यो ससानो मेला नै लागिरहेको झैँ हुन्थ्यो पँधेरोमा ।
ममा बिस्तारै शारीरिक परिवर्तन आउनथालेको थियो । किशोरावस्था सुरू हुँदै रहेछ त्यो समय । मलाई आफ्नो शरीरमा परिवर्तन हुन थालेको महसुस भएको थियो । तर, चार दिदीहरू र आमा भएर पनि किशोरावस्थामा आउने परिवर्तनमा आफूलाई कसरी तयार गर्ने थाहा थिएन । स्कूलबाट पनि सिकाइएको थिएन ।
त्यो शनिबार बिहानको खाना खाएपछि नुहाउन पँधेरो गएका थियौं । मलाई त्यो सार्वजनिक ठाउँमा नुहाउन अप्ठ्यारो लागिरहेको थियो । कसरी नुहाउने भन्ने दुविधामा नै थिएँ । लामो फ्रक लगाएको भए पनि छाती छोप्नुपर्छ भन्ने हेक्का भएन, भनेँ नि कहिल्यै सिकेको भएपो !
छाती नछोपी नुहाउन तयार भएँ । तल्लो घरको भाउजूले मलाई देखेर फ्याट्ट भन्नुभयो- कान्छी, छाती छोपेर नुहाउनु पर्छ । ठूली भएपछि लाज हुन्छ अब त ।
भाउजूले ठीकै भन्नुभएको थियो । तर, कहिल्यै किशोरावस्था र यससँगै आउने परिवर्तन बारेमा नसिकेको मलाई ठूलो आत्मग्लानी भएको थियो त्यतिबेला । आफ्नै शरीरदेखि एकाएक रिस उठेको थियो । एक्कासी लाजको भारीले थिचिएकी थिएँ म त्यतिबेला । भित्रभित्रै लाज र डरले भुतुक्कै भएको त्यो क्षण शब्दमा कसरी व्याख्या गर्नु र !
छाती नछोपी नुहाउन तयार भएँ । तल्लो घरको भाउजूले मलाई देखेर फ्याट्ट भन्नुभयो- कान्छी, छाती छोपेर नुहाउनु पर्छ । ठूली भएपछि लाज हुन्छ अब त ।
त्यसपछि मेरो शरीरका परिवर्तनहरू लाज हुन् भन्ने सिकेँ । कसैसँग भन्न नहुने लाज । यो नियमित र प्राकृतिक प्रकृया हो भनेर जान्दै जानिनँ ।शारीरिक परिवर्तनको अर्को शब्द लाज भन्ने भाष्य निर्माण भइसकेको रहेछ मेरो समाजमा । अझ अर्को कुरा यो त भन्नै नहुने विषयको रूपमा मेरो दिमागमा छाप बस्यो । सायद दिदी आमाहरूले पनि कहिल्यै किशोरावस्था र शारीरिक परिवर्तनको विषयमा छलफल गर्नुपर्छ भनेर सिकेका थिएनन् र उनीहरूले पनि मैले झैँ लज्जा अनुभुत गर्थे होलान् । त्यसैले हामी सबै आआफ्नौ कौतुहलतामा मौन थियौँ । चुपचाप विभेद स्वीकार गरिरहेका थियौँ हामी ।
त्यस दिनसम्म म आफूलाई घरको डन सम्झिन्थेँ । पानीमा भिजेर आउँदा दिदीहरू लुत्रुक परेर कुनातिर गएर लुगा फेर्थेँ । तर आफूलाई लुक्नुपर्छ भन्ने महसूस नै थिएन । आँगनमा बसेर कपडा फेर्दा आफूलाई दाइजस्तै बलियो अनुभुत हुन्थ्यो मलाई । त्यो आत्मबल पँधेरोमा नुहाएको दिनदेखि शून्यमा झरेको थियो । शारीरिक अवस्थाका कारण आत्मबल शून्यमा झरेको मान्छेले कस्तो जीवन बाँच्छ होला ?
जुनदिन भाउजूले मेरो विकसित हुँदै गरेको स्तनलाई लाजको रूपमा परिभाषित गरिदिनुभयो त्यसपछि आफ्नो बारेमा कहिल्यै आत्मविश्वास भएन । आमा वा दिदीसँग आफूमा भएको परिवर्तनबारे थपबुझ्न वा भन्न पनि सकिनँ । अहिले झैँ गुगल हुँदो हो भने केही जान्ने पो थिएँ कि ? पढौँ आफ्नै किताबबाहेक अरु सामग्री गाउँमा कसरी पाउनु !
भाइहरूको समूह लिड गर्ने म बिस्तारै उनीहरूबाट टाढिन थालेको थिएँ । आफ्नै शरीरलाई लज्जाको रूपमा परिभाषित गर्ने हुँदै गएको थिएँ म । बढ्दै गएको स्तनलाई लज्जाको रूपमा भोगेको मैले पहिलोपटकको महिनावारीमा झन् कमजोर ठान्नुपर्ने पीडाबोध गर्न पुगेँ ।
पानीमा भिजेर आउँदा दिदीहरू लुत्रुक परेर कुनातिर गएर लुगा फेर्थेँ । तर आफूलाई लुक्नुपर्छ भन्ने महसूस नै थिएन । आँगनमा बसेर कपडा फेर्दा आफूलाई दाइजस्तै बलियो अनुभुत हुन्थ्यो मलाई । त्यो आत्मबल पँधेरोमा नुहाएको दिनदेखि शून्यमा झरेको थियो । शारीरिक अवस्थाका कारण आत्मबल शून्यमा झरेको मान्छेले कस्तो जीवन बाँच्छ होला ?
कक्षा १० को कोचिङ पढ्ने समय सायद असारको महिना हुनुपर्छ, पहिलोपटक महिनावारी भएँ । गाउँमा माध्यामिक विद्यालय नभएकोले मलेखुमा कोठा भाडामा लिएर पढ्थ्यौँ हामी । १० पढ्ने बेला दिदीहरू एसएलसी पास गरिसकेकाले म एक्लै कोठामा थिएँ । त्यो दिन साँझ पखथियो । मेरो योनीबाट पहिलोपटक रगत बग्यो । प्राकृतिक, शुद्ध अनि पवित्र रगत । ८, ९ मा पढिसकेको र दिदीहरू महिनावारी भएको जानकारी भएकोले मलाई यो सामान्य हो भन्ने थाहा भइसकेको थियो । सफा टालो लगाएँ । मनतातो पानीपिएँ । खुरुखुरु विद्यालयगएँ । त्यहाँ मेरो महिनावारीबारे भन्नुपर्ने मान्छे कोही थिएनन् । अझ यसरी भनौँ मैले मौन अनि एक्लै आफ्नो पहिलो महिनावारी उत्सव मनाएँ ।
४ दिन त खुरुखुरु विद्यालय गएँ । जब शुक्रबार आयो अनि घर जाने दिन पनि आयो । शुक्रबार मेरो लागि चाडपर्व झैँ हुन्थ्यो । किनकी म घर जान पाउँथे । बेलुका आमाको न्यानो काखमा सुत्न पाउँथे । अनि हप्ताभरीलाई पुग्ने खानेकुरा आमाले पोको पारेर पठाइदिनुहुन्थ्यो ।
हामी हरेक शुक्रबार घर जान्थ्यौँ । त्यसदिन पनि घर पुगेँ । अनि, गौरवसाथ आमालाई सुनाएँ, आमा म महिनावारी भएँ । स्कूल पनि गएँ । आज ४ दिन पनि भइसक्यो ।
मलाई लागेको थियो, आमाले आत्मबल थपिदिनुहुनेछ । मलाई थप सफाइको कुरा सिकाउनुहुनेछ । तर, अहँ त्यसो भएन । आमाले त मलाई हत्तपत गोठतिर पठाउनुभयो । दाइलाई नहेर्नु भन्ने आदेश दिनुभयो । घरको मूलखाँबो छुन हुन्न भनेर घरमा छिर्ने अनुमति पाइएन । कुन आत्मबलले मलेखुदेखि घर पुगेको थिए,ती सबै क्षणभरमै आमाले नै भताभुंग पारिदिनुभयो ।
भाइहरूको समूह लिड गर्ने म बिस्तारै उनीहरूबाट टाढिन थालेको थिएँ । आफ्नै शरीरलाई लज्जाको रूपमा परिभाषित गर्ने हुँदै गएको थिएँ म । बढ्दै गएको स्तनलाई लज्जाको रूपमा भोगेको मैले पहिलोपटकको महिनावारीमा झन् कमजोर ठान्नुपर्ने पीडाबोध गर्न पुगेँ ।
हिजोसम्म उन्मुक्त उफ्रिहिँड्ने घर आज साँघुरो भएको थियो । मेरी आमा जसको कोख र काखमा हुर्किएँ उहाँ नै पराइ झैँ महसुस भयो मलाई । त्यसदिनदेखि मलाई घर कहिल्यै प्यारो लागेन । महिनावारी हुने समय घरमा बस्नै नपरे हुन्थ्यो जस्तो लाग्नथाल्यो । अनि आफू सधैँ कमजोर ।
त्यसपछिका दिनहरूमा महिनाको ५ दिन मेरो लागि कष्टकर हुनथाले । जब घरमा हुन्थेँ मेरो लागि सुत्ने ठाउँ छुटिन्थ्यो । खाने थाल फरक हुन्थ्यो ।भाँडा बाहिर सुकाएर राख्नुपथ्र्यो । त्यतिबेला दाइ र मेरा दाइ अंकलका छोराहरूसँग तुलना गरेर मनमनै गुन्ने भएको थिएँ- एक महिना तिम्रो ३० दिन मेरो २५ दिन किन ?
मेरो भन्दा केही फरक व्यवहार होला तर सुर्खेतका पत्रकार तृप्ती शाहीको भोगाइ पनि मसँग मेल खान्छ । शारीरिक परिवर्तन त व्यक्तिगत भएकोले लुकाउन सकिन्थ्यो । तर, महिनावारी लुकाउने विषय नै भएन । त्यतिबेला तृप्ती ८ कक्षा पढ्दै थिइन् । पहिलो महिनावारीको ५ दिन उनको लागिविद्यालय जान बन्द भयो ।
बा आमा,दाजुभाइ, भान्छा र भगवान्देखि टाढा बस्नुपर्छ भनेर छोरीलाई शक्तिको अभ्यासबाट अलग्याउने सुरूआत नै पहिलो महिनावारीदेखि परिवारले नै गरेका हुन्छन् ।
महिनावारी लाज थिएन । उनको प्राकृतिक विकासको एउटा लक्षण मात्रै थियो । जीवनलाई बलियो बनाउने माध्यम थियो महिनावारी । त्यही पाँच दिन जसले जिन्दगीभरको लागिउनलाई कमजोर बनाउन भूमिका खेलेको थियो ।
तृप्ती सम्झिन्छिन्- त्यही महिनाको ५ दिन स्कूल छुट्न थालेदेखि हो म कक्षामा दोस्रो हुनथालेको । कक्षा ८ सम्म सँधै प्रथम हुने तृप्तीलाई त्यहि बेलादेखि सँधै केटा साथीले जित्न थाले । एसएलसीमा पनि प्रथमश्रेणी आएपनि उनीभन्दा अघि केटा साथी नै भए ।
तृप्ती र स्वयंको किशोरावस्था अनि महिनावारी अनूभूति विश्लेषण गर्दा आम अभिभावकहरूलाई प्रश्न गर्न मन लाग्छ, ‘महिनावारी भएपछि छोरी मानसिक रूपमा कमजोर हुँदै गएको तपाइँले कहिल्यै अनुभुति गर्नुभएको छ ?
एक साताअघि चितवनको सौराहामा भएको पत्रकारहरूबीचको अन्तरक्रियामा वीरगञ्जका पत्रकार सुरेश बिडारीले भनेका थिए, – ओहो ! ७/८ कक्षा पढेपछि मेरा केटी साथीहरू पढाइमा किन कमजोर भएका होलान् भन्ने सँधै प्रश्न गर्थेँ म । उनीहरूको कमजोरीको कारण बल्ल पत्तालाग्यो ।
सामान्यतया ११ वर्षपछि किशोरावस्थाको सुरूआत हुन्छ । केटाहरूमा किशोरावस्था सुरू हुँदा बसेको जुँगाको रेखीसँगै हामी दिनदिनै उत्सव मनाउँछौ । उसलाई कहिले दाह्री काट भन्छौँ । कहिले सुहाउँदैन भनेर सुझाउँछौ । तर, छोरी महिनावारी हुन्छे भनेर उनको लागि महिनावारी प्याडको कहिल्यै जोहो गर्ने गरेका छौँ ?
तृप्ती र स्वयंको किशोरावस्था अनि महिनावारी अनूभूति विश्लेषण गर्दा आम अभिभावकहरूलाई प्रश्न गर्न मन लाग्छ, ‘महिनावारी भएपछि छोरी मानसिक रूपमा कमजोर हुँदै गएको तपाइँले कहिल्यै अनुभुति गर्नुभएको छ ?
प्याड किनिदिने होइन उनीहरूलाई भान्छाको टेबलबाट एक्लै राखिन्छ, नेपालबाट मर्यादित महिनावारी अभियान सुरू गरेकी लेखक तथा अभियन्ता राधा पौडेल भन्छिन्, –बा आमा,दाजुभाइ, भान्छा र भगवान्देखि टाढा बस्नुपर्छ भनेर छोरीलाई शक्तिको अभ्यासबाट अलग्याउने सुरूआत नै पहिलो महिनावारीदेखि परिवारले नै गरेका हुन्छन् ।
अभियन्ता पौडेलकै भनाइलाई हिसाब गर्ने हो भने नेपालमा औसतमा ११ वर्षको उमेरदेखि छोरीहरू महिनावारी हुन्छन् । २८ देखि ३५ दिनसम्मको अवधिमा हुने महिनावारी हुँदा औसतमा ५ दिनसम्म रगत बग्छ । महिनाको ५ दिनलाई वर्षभरमा हिसाब गर्दा ६० दिन अर्थात् २ महिना हुन्छ ।
महिलाहरू औसतमा ११ देखि ४५ वर्षसम्म महिनावारी हुन्छन । औसतमा एउटी महिला वा पाठेघर भएका मानिस आफ्नो उमेरको ३४वर्ष महिनावारी हुन्छिन्, यो संख्या सबैमा भने लागू हुँदैन । हरेक वर्षको दुई महिनाको दरले ३४ वर्षमा ६८ महिना महिनावारी हुन्छिन् । यो औसतमा मात्रै गरिएको हिसाब हो ।
अब हिसाब गर्नुस् त हरेक महिना ५ दिन उनलाई महिनावारीको नाममा गर्ने विभेदले पाठेघर भएर जन्मिएका म जस्ता महिलाले आफ्नो जीवनको कति समय विभेदमा बिताउनुपर्ने रहेछ ? मानिसहरू ठान्ने गर्छन्, जाबो ५ दिन त भान्छाको छुट्टी पनि हुन्छ ।एउटा सग्लो मान्छेलाई मान्छेकै व्यवहार नगर्ने विभेद भन्दा कति गुणा ठूलो भान्छाको छुट्टी होला महसुस गरी हेरौँ त !