वन रक्षकको परीक्षामा संलग्न एक बालकसहित २ नक्कली परिक्षार्थी पक्राउ – Nepal Press

वन रक्षकको परीक्षामा संलग्न एक बालकसहित २ नक्कली परिक्षार्थी पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले वन रक्षक पदको परीक्षाममा सहभागी भएका २ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका १५, फुलवारी स्थित रहेको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको परीसरभित्र मंगलबार सञ्चालन भएको लोक सेवा आयोगको परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका वयलकाटीया बस्ने १८ वर्षीय बालक र जुम्ला सिन्जा गाउँपालिका लुम बस्ने पदम बुढा छन् ।

चेकजाँच गर्दा परीक्षार्थीहरूको नामको सक्कल नागरिकतामा आआफ्नो तस्विर टाँस गरेर परीक्षामा सहभागी भएको भेटिएको हुँदा उनीहरुलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी मुद्दामा दिन ५ म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएका प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर