राष्ट्रपति पौडेल डिस्चार्ज – Nepal Press

राष्ट्रपति पौडेल डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन्  ।

मुटुमा समस्या देखा परेपछि हिजो मंगलवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज भएका हुन ।

अस्पतालले बुधवार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल पुगेका थिए । उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म अवलोकनमा राखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर