लगातार बढ्दै नेप्से, कारोबार रकम ५ अर्ब नाघ्याे
काठमाडौं । साताको चौंथो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । शेयर बजारको वृद्धिसँगै बुधबार कारोबार रकम बढेको छ ।
आज नेप्से १६.४२ अंकले बढेर २०३७ विन्दूमा रोकिएको हो । यस दिन बजारमा १ अर्ब २५ लाख ६१ हजार ४४० कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँ कारोबार भएको छ ।
आज कारोबार रकम यस वर्षकै उच्च रहेको छ ।
यस्तै खप्तड लघुवित्त वित्तीय संस्था र सिटी होटल्स सर्वाधिक नाफा कमाउनेमा परेका छन् । राष्ट्रिय बीमा कम्पनी र मोलुङ हाइड्रोपावर कम्पनीले सबैभन्दा धेरै घाटामा व्यहोरेका छन् ।
त्यसैगरी शिवम सिमेन्टस २८ करोड १७ लाख ८ हजार ८४२ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।
यस साता नेप्सेमा हरियाली छाएको छ । साताको पहिलो दिन ४० अंकले नेप्से वृद्धि हुँदै ३ अर्ब बढी, सोमबार ६ अंकले बढेर २ अर्ब बढी र मंगलबार ३४ अंकले बढ्दै ४ अर्ब बढीको कारोबार भएको थियो ।