प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भाेलिकाे बैठकमा बोलाउने संसदीय समितिको निर्णय
नेपाल प्रेस
२०८० जेठ ३१ गते १५:३५
काठमाडौं । प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिको बैठकमा भोलि बिहान ८ बजे प्रस्तावित प्रधानन्यायाधिश हरिकृष्ण कार्कीलाई बोलाइने भएको छ । आज उजुरीकर्ताहरुसँग छलफलपछि भोलि कार्कीलाई बोलाउने निर्णय भएको समितिका सदस्य ज्ञानेन्द्र कार्कीले बताए ।
कार्कीको कार्ययोजना प्रस्तुत गर्नका लागि आमन्त्रण गरिएको बताए ।
आज २९ जना उजुरीकर्तामध्ये ७ जनालाई व्यक्तिगत र अरुलाई सामूहिक रुपमा छलफल गरेको उनको भनाइ छ । आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने भएका छन् । उनलाई भोलिको बैठकले प्रधानन्यायाधिशमा अनुमोदन गर्ने बताइएकाे छ ।
प्रतिक्रिया
सम्बन्धित खवर