बैंकको निक्षेप ५५ खर्ब नाघ्यो, एकैदिनमा ३ अर्बले बढ्यो – Nepal Press

बैंकको निक्षेप ५५ खर्ब नाघ्यो, एकैदिनमा ३ अर्बले बढ्यो

काठमाडौ । बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिनमा ३ अर्ब रुपैयाँले बढेको छ ।

अघिल्लो दिन ५५ खर्ब ३४ अर्ब रहेको निक्षेप एकैदिनमा बढेर ५५ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । यसमा पनि वाणिज्य बैंकको मात्रै निक्षेप बढेको देखिन्छ ।

अहिले वाणिज्य बैंकको ४८ खर्ब ८५ अर्ब पुगेको छ । र विकास बैंक र वित्त कम्पनीको भने ६ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । पछिल्लो समय कर्जा भने स्थिर देखिएको छ ।

हालसम्म बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ८५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । पछिल्लो समय बैंकमा लगायनी योग्य रकमको केही सहजता हुँदै गएको बैंकर्सहरुले पनि बताउँदै आएका छन् ।

यसले गर्दा अन्तरबैंक ब्याजदर समेत घटेको छ । अहिले अन्तरबैंक ब्याजदर ६.१८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *