शिक्षा सम्बन्धी ऐनहरु पारित गर्न दबाब दिँदै संसद भवन अगाडि नेविसंघकाे प्रदर्शन
काठमाडौं । नेपाल विद्यार्थी संघले उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐनलगायतका विभिन्न शिक्षा सम्बन्धी ऐनहरु पारित गर्न दबाब दिँदै प्रदर्शन गरेकाे छ ।
बुधबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।
प्रदर्शनका क्रममा उनीहरुले शिक्षा सम्बन्धी विभिन्न ऐनहरु संसदमा पेश गरेर पारित गर्न मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।
संघले शिक्षा जस्तो संवेदनशील र अतिआवश्यक विषयमा नीति बनाउने ठाउँमा बसेर मस्यौदा समेत संसद्मा प्रस्तुत नगर्नु गैरजिम्मेवारपूर्ण र सम्पूर्ण विद्यार्थीको अहितमा रहेको भन्दै सरकार मौन बसे आन्दोलन नरोकिने चेतावनी पनि दिएको छ ।